मेस्सीले जिते आठौं पटक ‘बालोन डि ओर अवार्ड’

मेस्सीले जिते आठौं पटक ‘बालोन डि ओर अवार्ड’ : Icon Khabar

काठमाडौँ, कात्तिक १४ । अर्जेन्टिनी तथा इन्टर मियामी फरवार्ड लियोनल मेस्सीले आठौं पटक ‘बालोन डि ओर अवार्ड’ जितेका छन् । सोमबार राति पेरिसमा भएको अवार्ड समारोहमा ३६ वर्षीय मेस्सीले बालोन डि ओर जितेका हुन् ।

मेस्सीले पछिल्लो पटक कतारमा भएको विश्वकपको उपाधि जितेका थिए । यसअघि मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा गरि सात पटक बालोन डि ओर जिती सकेका थिए । मेस्सीले म्यानचेष्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी ओर अवार्ड जितेका हुन् ।

यो प्रतिस्पर्धामा फ्रान्सका स्टार फरवार्ड केलियन एमबाप्पे तेस्रो भए । विश्वकपको फाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा ४–२ ले पराजित हुँदा एमबाप्पेले ह्याट्रिक गरेका थिए । कीर्तिमानी आठ पटक बालोन डि ओर जितेपछि मेस्सीले भने, ‘यस क्षणको आनन्द लिन यहाँ आउन पाउँदा खुसी लागेको छ । मैले आफ्नो करियर र मैले हासिल गरेका सबै कुराहरुमा इतिहासको उत्कृष्ट बन्नुपर्ने भाग्यको कल्पना समेत गर्न सक्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 October 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने