प्रतिनिधि सभा बैठकमा बैंकिङ्ग कसुर सम्बन्धी विधेयक प्रस्तुत

प्रतिनिधि सभा बैठकमा बैंकिङ्ग कसुर सम्बन्धी विधेयक प्रस्तुत : Icon Khabar

काठमाडौँ, कात्तिक १२ । प्रतिनिधि सभाको बैठकमा आज (आईतवार) दुई वटा विधेयक पेस भएका छन् । आईतवारको प्रतिनिधि सभा बैठकमा “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत भएको छ भने “भन्सार विधेयक, २०८० प्रस्तुत भएको हो ।

दुवै विधेयक अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका हुन् । त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कार्तिक १४ गते मंगलवार अपरान्ह ४ बजे सम्बोधन सम्बन्धी जानकारी संसदलाई गराए । उनले महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपाचारिक पोशाकमा उपस्थित हुन सांसदहरुलाई निर्देशन समेत दिए ।

Published Date: 29 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु