प्रधानमन्त्री प्रचण्डद्वारा महासचिव गुटेरेसको स्वागतमा रात्रीभोज आयोजना

प्रधानमन्त्री प्रचण्डद्वारा महासचिव गुटेरेसको स्वागतमा रात्रीभोज आयोजना : Icon Khabar

काठमाडौँ, कात्तिक १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा आज सिंहदरवारमा रात्रिभोजको आयोजना गरेको छ ।

प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस रात्रिभोजमा सहभागी भए । सो अवसरमा महासचिवको कार्यदलका सदस्यहरु, नेपाल सरकारका मन्त्री, राजनीतिक दलका नेता तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो ।

चार दिनको नेपाल भ्रमणमा आउनुभएका महासचिव गुटेरेसले आज उच्चस्तरको राजनीतिक भेटघाट गरे । भोलि सोमबार पोखरा, कपिलवस्तु लगायतको ठाउँको भ्रमण गर्ने कार्यातालिका रहेको छ ।

Published Date: 29 October 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न