गाँजर: आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी

गाँजर: आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी : Icon Khabar

काठमाडौँ, कार्तिक १२ । गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ। यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ। यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ।

यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ। गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ। यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ। यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटार्याक्टजस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पुर्‍याउछ।

यसले रतन्धो हुनबाट समेत बचाउछ। एक अनुसन्धानले बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ।

गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ। अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन्। उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन्। यसले खराब कोलस्टेरोललाई पनि हटाउछ। यहीकारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन।

गाँजरमा फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउने तत्व पाइन्छ। गाँजरमा भएको पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो। यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ। गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ।

गाँजरको नियमित सेवनले शरीरमा कवचको जस्तै काम गर्छ। गाँजरमा पाइने भिटामिन एले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ। यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ। गाँजरमा हुने क्याल्सियमले महिला तथा बालबालिकाको हड्डीको विकासमा सहयोग गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 October 2023
Website | + posts