उच्चस्तरीय भेटवार्ताका लागि राष्ट्रसङ्घका महासचिव गुटेरेस सिंहदरबारमा

उच्चस्तरीय भेटवार्ताका लागि राष्ट्रसङ्घका महासचिव गुटेरेस सिंहदरबारमा : Icon Khabar

काठमाडौँ, कात्तिक १२ । उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुगेका छन्। उनले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्ने कार्यसूची छ ।

सुरुमा परराष्ट्रमन्त्री साउदसँग भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुग्नुभएका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरे । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज भेटवार्ताका लागि तय भएको पूर्व निर्धारित कार्यक्रम भने पर्सि मंगलबारका लागि सरेको जनाइएको छ ।

त्यस्तै, गुटेरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नेछन् । नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस आजै नेपाल आएका हुन् । – रासस

Published Date: 29 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी