अभिनेत्री मनीषा कोइराला बेलायतको राजधानी लण्डनमा सम्मानित

अभिनेत्री मनीषा कोइराला बेलायतको राजधानी लण्डनमा सम्मानित : Icon Khabar

लण्डन, कार्तिक १२ । अभिनेत्री मनीषा कोइराला बेलायतको राजधानी लण्डनमा सम्मानित भएकी छन् । बेलायतको एसियन स्ट्यान्डर्ड पत्रिकाले शुक्रबार लण्डनमा रहेको बेलायती संसद् हाउस अफ कमन्समा आयोजित विशेष समारोहमा कोइरालालाई सम्मान गरेको हो ।

बेलायतको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन तथा एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतिमा पटेलले अभिनेत्री कोइरालालाई सम्मानित गरेकी हुन् । पत्रिकाले अभिनेत्री कोइरालाको फिल्म, कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि उक्त सम्मान गरिएको जनाएको छ ।

निःशुल्क वितरण गरिने उक्त पत्रिका दक्षिण एसियाली समुदायबीच अति लोकप्रिय छ । पत्रिकाले दक्षिण एसियाली समुदायका विभिन्न व्यक्तित्वलाई उनीहरुको योगदानको कदर गर्दै सम्मान गर्दै आएको छ ।

अभिनेत्री कोइरालालाई सम्मानित गरेपछि सांसद हुसेनले कोइरालाले तीन दशक बढी समयमा कला क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताएका छन् ।

Published Date: 29 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी