अभिनेत्री मनीषा कोइराला बेलायतको राजधानी लण्डनमा सम्मानित

अभिनेत्री मनीषा कोइराला बेलायतको राजधानी लण्डनमा सम्मानित : Icon Khabar

लण्डन, कार्तिक १२ । अभिनेत्री मनीषा कोइराला बेलायतको राजधानी लण्डनमा सम्मानित भएकी छन् । बेलायतको एसियन स्ट्यान्डर्ड पत्रिकाले शुक्रबार लण्डनमा रहेको बेलायती संसद् हाउस अफ कमन्समा आयोजित विशेष समारोहमा कोइरालालाई सम्मान गरेको हो ।

बेलायतको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन तथा एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतिमा पटेलले अभिनेत्री कोइरालालाई सम्मानित गरेकी हुन् । पत्रिकाले अभिनेत्री कोइरालाको फिल्म, कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि उक्त सम्मान गरिएको जनाएको छ ।

निःशुल्क वितरण गरिने उक्त पत्रिका दक्षिण एसियाली समुदायबीच अति लोकप्रिय छ । पत्रिकाले दक्षिण एसियाली समुदायका विभिन्न व्यक्तित्वलाई उनीहरुको योगदानको कदर गर्दै सम्मान गर्दै आएको छ ।

अभिनेत्री कोइरालालाई सम्मानित गरेपछि सांसद हुसेनले कोइरालाले तीन दशक बढी समयमा कला क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 October 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने