४३औं नेपालभाषा साहित्य तःमुंज्या शुक्रबार सम्पन्न

४३औं नेपालभाषा साहित्य तःमुंज्या शुक्रबार सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक ११ । ४३औं नेपालभाषा साहित्य तःमुंज्या (दुईदिने सम्मेलन) शुक्रबार भक्तपुरको ल्योसिंख्यमा सम्पन्न भएको छ ।

नेपालभाषा साहित्यको क्षेत्रमा “जनता म्वाःसा भाषा म्वाइ” भन्ने नाराका साथ जनताको साहित्य र संस्कृति उत्थानको साझा प्रयासमा टेवा पुर्याउने उद्वेश्यका साथ विगत ४३ वर्ष देखि नेपाल भाषा सहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम र अन्य गतिविधिहरू भक्तपुरका विभिन्न स्थानहरूमा बर्सेनि हुदैँ आए अनुसार यो वर्षको कार्तिक ९ र १० गते भक्तपुरको ल्यसिंख्यमा संचालन भएर शुक्रबार सम्पन्न भएको हो।

दुई दिन चलेको सो सम्मेलनमा साहित्यवाचनका साथै विषय विशेषज्ञहरुबाट मन्तव्य प्रस्तुत हुँदै राति साँंस्कृतिक कार्यक्रम गरिएको थियो। सम्मेलनको पहिलो चरणमा नयाँं तथा पुराना साहित्यकारहरुबाट कथा, कविता, निबन्ध र गीतहरू प्रस्तुत गरेका थिए।दोस्रो चरणमा एकाङ्की, नाटक, प्रहसन, नृत्यलगायत प्रतिस्पर्धात्मक सांस्कृतिक विधाहरू प्रस्तुत गरिएका थिए।

सम्मेलनमा साहित्य वाचनका साथै विभिन्न राजनीतिज्ञ, कुतनीतिज्ञ, कानुन व्यवसायी, संविधानविद्, साहित्यकार, पत्रकार, लेखक, समाचोलक, सिमाविद्, चिकित्सक, इन्जिनियर, कलाकार, ज्योतिषशास्त्री, कार्टुनिष्ट, गीतकार, जलस्रोतविद्,शिक्षकलगायतका विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तिहरुले आआफनो विषयबारे मन्तव्य राखेका थिए।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें, सांसद प्रेम सुवाल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, ज्योतिषशास्त्री वीरेन्द्रप्रसाद कायष्ठ, प्रा.डा. सिद्धिवीर कर्माचार्य, कार्टुनिष्ट मोहनश्याम खोकना, शिक्षाकर्मी अम्बिकामान मानन्धर, इन्जिनियर राजदास श्रेष्ठ, जनगायक चन्द्रबहादुर श्रेष्ठ, गीतकार आनन्द अधिकारी, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, वरिष्ठ मनोरोग चिकित्सक डा. धनरत्न शाक्य, जलस्रोत अध्येता रत्नसंसार श्रेष्ठ, भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ, सीमा अध्येता रतन भण्डारी, जनमत’ साहित्यिक पत्रिकाका सम्पादक मोहन दुवाल, रामविन्दु श्रेष्ठ, विज्ञान तथा वातावरण विज्ञानका अध्येता रोशन शेरचनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्मेलनको दोश्रो दिन शुक्रबार सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, शहीद धर्मभक्त राष्टिय मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरका निर्देशक डा पुकारचन्द्र श्रेष्ठलगातयले मन्तव्य राखेका थिए ।

Published Date: 28 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु