टी–२० विश्वकप छनौंटका लागि नेपाली टोली घोषणा, सन्दीप पनि फर्किए टिममा

टी–२० विश्वकप छनौंटका लागि नेपाली टोली घोषणा, सन्दीप पनि फर्किए टिममा : Icon Khabar

काठमाडौं, कात्तिक ११ । घरेलु टोली तथा उपाधिको प्रमुख दाबेदार नेपालले सोमबार देखी सुरु हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल खेल्ने अन्तिम टोली घोषणा गरेको छ । घोषणा टोलीमा नेपालका स्पिनर सन्दीप लामिछाने टोलीमा छन् ।

सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टि२० आई सिरिज खेलेका थिएनन् । नेपालले अन्य खेलाडी भने परिवर्तन गरेको छैन । अन्तिम १५ मा विकेटकिपर विनोद भण्डारी र विवेक यादवले स्थान बनाएका छन् । त्रिकोणात्मक सिरिजमा भएका सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल बाहिरिएका छन् ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखी २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचमा हुनेछ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 October 2023
Website | + posts
ताजा
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर
नेपालमा आजदेखि पाँचौँ राष्ट्रिय बाघ गणना सुरु
उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन, चिसो बढ्दै


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न