नेपाल र चीनको सिमाना हिल्सा नाका क्षेत्रको सडकको ढलान कार्य सुरु

नेपाल र चीनको सिमाना हिल्सा नाका क्षेत्रको सडकको ढलान कार्य सुरु : Icon Khabar

हुम्ला, कात्तिक ११ । नेपाल र चीनको सिमाना हिल्साको दश गजा क्षेत्रको सडकको ढलान कार्य सुरु भएको छ । चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामाग्री सो क्षेत्र झारिने र सडक ढलान नभएको कारण सामानहरू धुलाम्मे हुन थालेपछि सडकलाई ढलान कार्य सुरु गरिएको हो । सहरी विकास कार्यालय जुम्लाको ३२ लाख लगानी र स्थानीय जनश्रमदानबाट ढलान सुरु गरिएको हो ।

चिनियाँ सडक कालो पत्रे तर नेपालतर्फ भने धुलाम्मे सडक हुँदा व्यापारीको चीनको ताक्लाकोटबाट ल्याइएको सामान धुलाम्मे हुने भएको कारण तत्कालका लागि ढलान कार्य सुरु गरिएको हो । धुलाम्मे सडकमा सामान फालिने भएको कारण सुरक्षाकर्मीहरूलाई पनि सामान चेकजाँच गर्न कठिन अवस्था थियो । ३५ मिटर लम्बाई र बिस मिटर चौडा सडकलाई ढलान कार्य सुरु भएको सहरी विकास कार्यालय जुम्लाका सकइन्जिनीयर विमल रावतले बताए।

उपभोक्ता समितिले हाल ढुङ्गा बिछ्याउने, सरिया मिलाउने कार्य गरी रहनु भएको छ भने एक दुई दिनमा ढलान कार्य सुरु हुने सडकको ढलान कार्यमा संलग्न हिल्साका स्थानीय कार्मा तन्डुप लामाले बताए।

Published Date: 28 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु