नेपाल र चीनको सिमाना हिल्सा नाका क्षेत्रको सडकको ढलान कार्य सुरु

नेपाल र चीनको सिमाना हिल्सा नाका क्षेत्रको सडकको ढलान कार्य सुरु : Icon Khabar

हुम्ला, कात्तिक ११ । नेपाल र चीनको सिमाना हिल्साको दश गजा क्षेत्रको सडकको ढलान कार्य सुरु भएको छ । चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामाग्री सो क्षेत्र झारिने र सडक ढलान नभएको कारण सामानहरू धुलाम्मे हुन थालेपछि सडकलाई ढलान कार्य सुरु गरिएको हो । सहरी विकास कार्यालय जुम्लाको ३२ लाख लगानी र स्थानीय जनश्रमदानबाट ढलान सुरु गरिएको हो ।

चिनियाँ सडक कालो पत्रे तर नेपालतर्फ भने धुलाम्मे सडक हुँदा व्यापारीको चीनको ताक्लाकोटबाट ल्याइएको सामान धुलाम्मे हुने भएको कारण तत्कालका लागि ढलान कार्य सुरु गरिएको हो । धुलाम्मे सडकमा सामान फालिने भएको कारण सुरक्षाकर्मीहरूलाई पनि सामान चेकजाँच गर्न कठिन अवस्था थियो । ३५ मिटर लम्बाई र बिस मिटर चौडा सडकलाई ढलान कार्य सुरु भएको सहरी विकास कार्यालय जुम्लाका सकइन्जिनीयर विमल रावतले बताए।

उपभोक्ता समितिले हाल ढुङ्गा बिछ्याउने, सरिया मिलाउने कार्य गरी रहनु भएको छ भने एक दुई दिनमा ढलान कार्य सुरु हुने सडकको ढलान कार्यमा संलग्न हिल्साका स्थानीय कार्मा तन्डुप लामाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 October 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न