आक्रामक अर्धशतक प्रहार गर्दै कुशल भुर्तेल आउट

आक्रामक अर्धशतक प्रहार गर्दै कुशल भुर्तेल आउट : Icon Khabar

काठमाडौं, कात्तिक १० । नेपालका ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईविरुद्ध आक्रामक अर्धशतक पूरा गर्दै आउट भएका छन् । कुशलले २८ बलमा आफ्नो टि२० आई करिअरको छैटौं अर्धशतक पूरा गरेका हुन् । कुशल भुर्तेल २९ बलमा ६ चौका र ३ छक्कासहित ५० रनमा आउट भए ।

अर्धशतक प्रहार गरेको एक बलपछि आउट भएका हुन् । तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा दीपेन्द्र बोल्ड आउट भएका हुन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ७.४ ओभरमा ३ विकेट गुमाउँदै ७२ रन बनाएको छ । रोहित पौडेल २ र दीपेन्द्रसिंह ऐरी १ रनमा क्रिजमा छन् ।

छैटौं ओभरमा कुशल भुर्तेलले अली नासिरलाई दोस्रो, तेस्रो र छैटौं ओभरमा गरि तीन छक्का हानेका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए ।

आसिफले १२ बल खेल्दा १ चौका हानेका थिए । आयन खान तीन दिनअघि मलेसियामा नेपालसँग यू१९ प्रिमियर कपको फाइनलमा युएईको कप्तानी गरेका थिए । पहिलो खेल खेलेका उनले पहिलो ओभरमै नेपालका ओपनर आसिफको विकेट लिएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे ।

त्यसअघि ओपनर आसिफ शेखले ब्यक्तिगत शून्यमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहको बलमा एज लागेपनि विकेटकिपर अर्यांश शर्माले छाड्न पुगेका थिए ।

कुशल भुर्तेलले दोस्रो ओभरको दोस्रो बलमा ब्यक्तिगत ५ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर जुनैद सिद्दिकको दोस्रो बलमा दीलस्कुप खेल्ने धुनमा जवादुल्लाहले क्याच छाड्न पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 October 2023
Website | + posts