आक्रामक अर्धशतक प्रहार गर्दै कुशल भुर्तेल आउट

आक्रामक अर्धशतक प्रहार गर्दै कुशल भुर्तेल आउट : Icon Khabar

काठमाडौं, कात्तिक १० । नेपालका ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईविरुद्ध आक्रामक अर्धशतक पूरा गर्दै आउट भएका छन् । कुशलले २८ बलमा आफ्नो टि२० आई करिअरको छैटौं अर्धशतक पूरा गरेका हुन् । कुशल भुर्तेल २९ बलमा ६ चौका र ३ छक्कासहित ५० रनमा आउट भए ।

अर्धशतक प्रहार गरेको एक बलपछि आउट भएका हुन् । तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा दीपेन्द्र बोल्ड आउट भएका हुन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ७.४ ओभरमा ३ विकेट गुमाउँदै ७२ रन बनाएको छ । रोहित पौडेल २ र दीपेन्द्रसिंह ऐरी १ रनमा क्रिजमा छन् ।

छैटौं ओभरमा कुशल भुर्तेलले अली नासिरलाई दोस्रो, तेस्रो र छैटौं ओभरमा गरि तीन छक्का हानेका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए ।

आसिफले १२ बल खेल्दा १ चौका हानेका थिए । आयन खान तीन दिनअघि मलेसियामा नेपालसँग यू१९ प्रिमियर कपको फाइनलमा युएईको कप्तानी गरेका थिए । पहिलो खेल खेलेका उनले पहिलो ओभरमै नेपालका ओपनर आसिफको विकेट लिएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे ।

त्यसअघि ओपनर आसिफ शेखले ब्यक्तिगत शून्यमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहको बलमा एज लागेपनि विकेटकिपर अर्यांश शर्माले छाड्न पुगेका थिए ।

कुशल भुर्तेलले दोस्रो ओभरको दोस्रो बलमा ब्यक्तिगत ५ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर जुनैद सिद्दिकको दोस्रो बलमा दीलस्कुप खेल्ने धुनमा जवादुल्लाहले क्याच छाड्न पुगेका थिए ।

Published Date: 27 October 2023


ताजा
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु