कुशलको ब्याट भाँचियो, नेपालको राम्रो सुरुवात

कुशलको ब्याट भाँचियो, नेपालको राम्रो सुरुवात : Icon Khabar

काठमाडौं, कात्तिक १० । नेपालका ओपनर कुशल भुर्तेलको त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईविरुद्ध ब्याट भाँचिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा कुनै विकेट नगुमाई ४१ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल १७ बलमा ६ चौकासहित २९ तथा आसिफ शेख ७ बलमा १ चौकासहित १ रनमा क्रिजमा छन् । तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहको तेस्रो ओभरको पहिलो बलमा टियु एन्डमा लङअनमा सर्ट खेल्ने धुनमा कुशल भुर्तेलको ब्याट भाँचिएको थियो ।

वैकल्पिक खेलाडी विवेक यादवले उनलाई अर्को ब्याट दिएका थिए । त्यसपछि कुशलले आक्रामक रुपमा ब्याटिङ गरेका छन् ।

नेपालका दुबै ओपनरले सुरुवातमा जीवनदान पाउँदै भाग्यशाली मानिएका छन् । ओपनर आसिफ शेखले ब्यक्तिगत शून्यमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहको बलमा एज लागेपनि विकेटकिपर अर्यांश शर्माले छाड्न पुगेका थिए ।

कुशल भुर्तेलले दोस्रो ओभरको दोस्रो बलमा ब्यक्तिगत ५ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर जुनैद सिद्दिकको दोस्रो बलमा दीलस्कुप खेल्ने धुनमा जवादुल्लाहले क्याच छाड्न पुगेका थिए । त्यसपछि नेपालका दुबै ओपनरले आक्रामक सुरुवात दिलाएका छन् ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी ।

युएईको प्लेइङ ११ :

मोहम्मद वासिम (कप्तान), एलिशान सराफु, आसिफ खान, बासिल हामिद, अली नासिर, आयन खान, जहुर खान, मोहम्मद जवादुल्लाह, जुनैद सिद्धिक अर्यांश शर्मा र वृत्य अरविन्द ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 October 2023
Website | + posts