कुशलको ब्याट भाँचियो, नेपालको राम्रो सुरुवात

कुशलको ब्याट भाँचियो, नेपालको राम्रो सुरुवात : Icon Khabar

काठमाडौं, कात्तिक १० । नेपालका ओपनर कुशल भुर्तेलको त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईविरुद्ध ब्याट भाँचिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा कुनै विकेट नगुमाई ४१ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल १७ बलमा ६ चौकासहित २९ तथा आसिफ शेख ७ बलमा १ चौकासहित १ रनमा क्रिजमा छन् । तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहको तेस्रो ओभरको पहिलो बलमा टियु एन्डमा लङअनमा सर्ट खेल्ने धुनमा कुशल भुर्तेलको ब्याट भाँचिएको थियो ।

वैकल्पिक खेलाडी विवेक यादवले उनलाई अर्को ब्याट दिएका थिए । त्यसपछि कुशलले आक्रामक रुपमा ब्याटिङ गरेका छन् ।

नेपालका दुबै ओपनरले सुरुवातमा जीवनदान पाउँदै भाग्यशाली मानिएका छन् । ओपनर आसिफ शेखले ब्यक्तिगत शून्यमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहको बलमा एज लागेपनि विकेटकिपर अर्यांश शर्माले छाड्न पुगेका थिए ।

कुशल भुर्तेलले दोस्रो ओभरको दोस्रो बलमा ब्यक्तिगत ५ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर जुनैद सिद्दिकको दोस्रो बलमा दीलस्कुप खेल्ने धुनमा जवादुल्लाहले क्याच छाड्न पुगेका थिए । त्यसपछि नेपालका दुबै ओपनरले आक्रामक सुरुवात दिलाएका छन् ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी ।

युएईको प्लेइङ ११ :

मोहम्मद वासिम (कप्तान), एलिशान सराफु, आसिफ खान, बासिल हामिद, अली नासिर, आयन खान, जहुर खान, मोहम्मद जवादुल्लाह, जुनैद सिद्धिक अर्यांश शर्मा र वृत्य अरविन्द ।

Published Date: 27 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी