नेपालले उपाधिको लागि आज युएईसँग खेल्दै

नेपालले उपाधिको लागि आज युएईसँग खेल्दै : Icon Khabar

काठमाडौं, कात्तिक १० । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल दिउँसो ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले लिगमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो ।

नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो । उता युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटको फाइनल खेलेको हो । दुबै टोलीको समान २ अंक थियो । उच्च लयमा रहेको घरेलु टोली नेपाल युएईमाथि ह्याट्रिक जितका साथ अपराजित रहँदै उपाधि जित्न चाहन्छ । युएई नेपाललाई फाइनलमा हराउने सोचमा हुनेछ ।

नेपालले आजको खेलमा एक परिवर्तन गर्ने सम्भावना छ । अलराउन्डर विवेक यादवको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई खेलाउने सम्भावना छ । ललितको युएईविरुद्ध पछिल्लो समय प्रदर्शन राम्रो छ । सन्दीप लामिछाने नहुँदा ललित प्रमुख स्पिनर हुन् ।

युएईले दुई परिवर्तन गर्नसक्छ । यदि यू–१९ प्रिमियर कप खेलेर आयन खान र ओपनर अर्यांश शर्मा नेपाल आइपुगेको भए उनीहरु आजको खेलमा खेल्न सक्छन् । आयन प्रमुख स्पिनर हुन् । शर्मा ओपनर ब्याटर हुन् । यी दुबैले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

युएईका वृत्य अरविन्द, मोहम्मद वासिम र आसिफ खान प्रमुख ब्याटर हुन् । यी तीनलाई सस्तैमा आउट गर्न सके नेपालले सहज जित हात पार्नसक्छ । नेपालका तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको पावर प्लेमा बलिङ प्रदर्शन महत्वपूर्ण हुनेछ ।

दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको अलराउन्ड प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । पछिल्लो खेलमा दीपेन्द्रले १५ बलमा ४० रन बनाउँदै नेपालको जित पक्का गराएका थिए । कुशल मल्ल पनि घातक बन्नसक्ने खेलाडी हुन् । तर यस सिरिजमा चार मध्य दुई खेलमा उनी रन आउट भएका छन् । कुशलले साझेदारीमा तालमेल गर्न आवश्यक छ ।

कुशल मल्ल तेस्रो नम्बरमा खेल्नेछन् । यसअघि नेपालले दुई खेलमा सोमपाल कामीलाई तेस्रो नम्बरमा खेलाएको थियो । सोमपाल त्यहाँ सफल हुन सकेका छैनन् । यस सिरिजमा ओपनर कुशल भुर्तेल चलेका छैनन् । भुर्तेलबाट नेपाल फाइनलमा उच्च प्रदर्शन चाहन्छ । नेपालको ब्याटिङमा गहिराई छ । त्यसैको कारण खराब सुरुवातबाट राम्रो पूनरागमन गर्न सक्छ ।

विश्वकप छनोट अघि नेपाल उपाधिका साथ मोमेन्ट लैजान चाहन्छ । युएईका तीव्र गतिका बलर मोहम्मद जवादुल्लाह र जहुर खानबाट भने बच्न आवश्यक छ । नेपाल र युएईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । गत वैशाखपछि टियुमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुँदैछ । पिच प्रेस हुँदा बलर तीव्र गतिका बलर हाबी हुनसक्छन् ।

त्यसैले आजको खेलमा टस महत्वपूर्ण हुनसक्छ । टियु ब्याटिङका लागि सहज पनि मानिन्छ । नेपाल घरेलु मैदान,कन्डिसन र दर्शकको भरपूर्ण फाइदा उठाउने सोचमा हुनेछ ।

Published Date: 27 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी