आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, कात्तिक १० । आज २०८० कात्तिक १० गते शुक्रवार, तद्अनुसार २७ अक्टोबर २०२३ । आज असोज शुक्ल त्रयोदशी, हर्षण तैतल उत्तरभाद्र ।

मेष: लगानी शुभ रहने छ । लाभमा वृद्धि हुनेछ । व्यावसायिक यात्राले मनोनुकूल लाभ दिने छ ।

वृष: नयाँ योजना बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । कुनै विशेष क्षेत्रमा सामाजिक कार्य गर्ने इच्छा हुनेछ ।

मिथुन: लगानी शुभ रहने छ । अरुको काममा हस्तक्षेप नगर्नु होला । धर्म–कर्ममा रुचि बढ्ने छ ।

कर्कट: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । फुर्सदमा पछुताउनु पर्ने कुनै पनि कार्य नगर्नु होला । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ ।

सिंह: जीवनसाथीको सहयोग प्राप्त हुनेछ । चौतर्फी प्रसन्नता रहने छ । भाग्यको साथ रहने छ ।

कन्या: प्रसन्नता रहने छ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ । सञ्चित कोषमा वृद्धि हुनेछ ।

तुला: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । लाभको अवसर हात पर्नेछ । कुनै आनन्दोत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ ।

वृश्चिक:  बढी प्रयास गर्नु पर्नेछ । काममा मन लाग्ने छैन । महत्वपूर्ण निर्णय आफैँले लिँदा लाभ हुनेछ ।

धनु: हतारमा कुनै काम नगर्नु होला । प्रयास सफल रहने छ । अविवाहितहरुले विवाहको प्रस्ताव पाउन सक्ने छन् ।

मकर: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनेछ । कुनै पनि निर्णय लिन हतार नगर्नु होला ।

कुम्भ: उपहार प्राप्तिको सम्भावना छ । अचानक लाभको अवसर सिर्जना हुनेछ । कुनै ठूलो समस्याबाट छुटकारा पाइने छ ।

मीन: नकारात्मकता रहने छ । बिना कारण रिस उठ्ने छ । चिन्ता तथा तनाव रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 October 2023
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने