हेटौंडातर्फ जाँदै गरेको अटो दुर्घटना, ७ जना घाइते

हेटौंडातर्फ जाँदै गरेको अटो दुर्घटना, ७ जना घाइते : Icon Khabar

मकवानपुर, कार्तिक ९ । मकवानपुरमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

दुम्सीडाँडाबाट हेटौंडातर्फ जाँदै गरेको ना २ ह ५१७४ नम्बरको अटो आफैं अनियन्त्रित भएर सडकबाट करिब ३० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

घटनामा मकवानपुर गढी-७, सुकौराकी २३ वषर्ीया मनिता मोक्तान, उनकी दुई महिनाकी छोरी जानुका जिम्बा, मकवानपुर गढी-७ का कृष्णबहादुर योञ्जन, उनकी छोरी ८ वर्षीया सारोक्षा योञ्जन, २६ वषर्ीया दिलमाया योञ्जन हिरामाया योञ्जनर विकाश योञ्जन मुक्तान घाइते छन् ।

घाइतेमध्ये मनिताको छाती र बायाँ हातमा चोट लागेको छ भने उनकी दुई महिने छोराीको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार, घाइतेमध्ये ५ जनाको डिस्चार्ज भएको छ भने दुई जनाकेा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।

Published Date: 26 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु