हेटौंडातर्फ जाँदै गरेको अटो दुर्घटना, ७ जना घाइते

हेटौंडातर्फ जाँदै गरेको अटो दुर्घटना, ७ जना घाइते : Icon Khabar

मकवानपुर, कार्तिक ९ । मकवानपुरमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

दुम्सीडाँडाबाट हेटौंडातर्फ जाँदै गरेको ना २ ह ५१७४ नम्बरको अटो आफैं अनियन्त्रित भएर सडकबाट करिब ३० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

घटनामा मकवानपुर गढी-७, सुकौराकी २३ वषर्ीया मनिता मोक्तान, उनकी दुई महिनाकी छोरी जानुका जिम्बा, मकवानपुर गढी-७ का कृष्णबहादुर योञ्जन, उनकी छोरी ८ वर्षीया सारोक्षा योञ्जन, २६ वषर्ीया दिलमाया योञ्जन हिरामाया योञ्जनर विकाश योञ्जन मुक्तान घाइते छन् ।

घाइतेमध्ये मनिताको छाती र बायाँ हातमा चोट लागेको छ भने उनकी दुई महिने छोराीको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार, घाइतेमध्ये ५ जनाको डिस्चार्ज भएको छ भने दुई जनाकेा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 October 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न