आज बुधबारको राशिफल

आज बुधबारको  राशिफल : Icon Khabar

काठमाडौँ, कात्तिक ८ ।  आज २०८० कात्तिक ८ गते बुधबार, तद्अनुसार २५ अक्टोबर २०२३ । असोज शुक्ल एकादशी पञ्चाङ्ग : वृद्धि विष्टि / भद्रा शतभिषा, पापांकुशा एकादशी व्रत ।

आजको राशिफल

मेष: आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै रहला ।

वृष: परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ । स्थायी सम्पत्तिबाट ठूलो लाभ पाइने छ । लगानीले शुभ फल दिनेछ ।

मिथुन: शत्रुभय रहने छ । घर–परिवारमा कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । लेन–देनमा हतार नगर्नु होला ।

कर्कट: व्यापारमा लाभ हुनेछ । लगानीमा सोच–विचार गरेर हात हाल्नु होला । भाग्यको साथ पाइने छ ।

सिंह: पूजा–पाठमा मन लाग्ने छ । लगानी शुभ रहने छ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।

कन्या: मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । व्यापार–व्यवसायबाट लाभ हुनेछ । आफ्नो काममा ध्यान दि“दा लाभ हुनेछ ।

तुला: मेहनत बढी तर लाभ कम हुनेछ । कसैको उक्साहटमा नआउनु होला । बिना कारण तनाव हुनेछ ।

वृश्चिक: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । सञ्चित कोषमा वृद्धि हुनेछ । व्यस्तताका कारण स्वास्थ्य प्रभावित हुनेछ, सावधानी अपनाउनु होला ।

धनु: ठूलो काम गर्न मन लाग्ने छ । उत्साहवर्धक सूचना पाइने छ । व्यापारबाट मनोनुकूल लाभ पाइने छ ।

मकर: लगानीमा सोच–विचार गरेर हात हाल्नु होला । यात्रा लाभदायक रहने छ । प्रसन्नता रहने छ ।

कुम्भ: व्यापार–व्यवसाय लाभदायक रहने छ । शारीरिक कष्टबाट बाधा उत्पन्न हुनेछ । अपरिचित व्यक्तिहरुमाथि अन्धविश्वास नगर्नु होला ।

मीन: जीवनसाथीको सहयोग पाइने छ । मेहनतको फल पाइने छ । लगानी लाभदायक रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 October 2023
Website | + posts




ताजा
विश्वकप लिग टु : नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य
भक्तपुरमा पर्यटकको भीड बढ्दो, तीन महिनामै ४७ हजारभन्दा बढी विदेशी आगमन
नागढुंगा सुरुङबाट दशैंमा बस चलाउने सरकारको तयारी किन भएन कार्यान्वयन ?
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने