आज बुधबारको राशिफल

आज बुधबारको  राशिफल : Icon Khabar

काठमाडौँ, कात्तिक ८ ।  आज २०८० कात्तिक ८ गते बुधबार, तद्अनुसार २५ अक्टोबर २०२३ । असोज शुक्ल एकादशी पञ्चाङ्ग : वृद्धि विष्टि / भद्रा शतभिषा, पापांकुशा एकादशी व्रत ।

आजको राशिफल

मेष: आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै रहला ।

वृष: परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ । स्थायी सम्पत्तिबाट ठूलो लाभ पाइने छ । लगानीले शुभ फल दिनेछ ।

मिथुन: शत्रुभय रहने छ । घर–परिवारमा कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । लेन–देनमा हतार नगर्नु होला ।

कर्कट: व्यापारमा लाभ हुनेछ । लगानीमा सोच–विचार गरेर हात हाल्नु होला । भाग्यको साथ पाइने छ ।

सिंह: पूजा–पाठमा मन लाग्ने छ । लगानी शुभ रहने छ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।

कन्या: मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । व्यापार–व्यवसायबाट लाभ हुनेछ । आफ्नो काममा ध्यान दि“दा लाभ हुनेछ ।

तुला: मेहनत बढी तर लाभ कम हुनेछ । कसैको उक्साहटमा नआउनु होला । बिना कारण तनाव हुनेछ ।

वृश्चिक: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । सञ्चित कोषमा वृद्धि हुनेछ । व्यस्तताका कारण स्वास्थ्य प्रभावित हुनेछ, सावधानी अपनाउनु होला ।

धनु: ठूलो काम गर्न मन लाग्ने छ । उत्साहवर्धक सूचना पाइने छ । व्यापारबाट मनोनुकूल लाभ पाइने छ ।

मकर: लगानीमा सोच–विचार गरेर हात हाल्नु होला । यात्रा लाभदायक रहने छ । प्रसन्नता रहने छ ।

कुम्भ: व्यापार–व्यवसाय लाभदायक रहने छ । शारीरिक कष्टबाट बाधा उत्पन्न हुनेछ । अपरिचित व्यक्तिहरुमाथि अन्धविश्वास नगर्नु होला ।

मीन: जीवनसाथीको सहयोग पाइने छ । मेहनतको फल पाइने छ । लगानी लाभदायक रहने छ ।

Published Date: 25 October 2023


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?