सन् २०२४ मा दुई करोड युनिट फोल्डेबल फोन बिक्री गर्ने सामसङको लक्ष्य

सन् २०२४ मा दुई करोड युनिट फोल्डेबल फोन बिक्री गर्ने सामसङको लक्ष्य : Icon Khabar

काठमाडौं, कार्तिक ५ । सामसङले सन् २०२४ मा दुई करोड युनिट फोल्डेबल फोन बिक्री गर्ने लक्ष्य राखेको छ । काेरियन मिडिया द इलेकका अनुसार सामसङले हाल बजारमा उपलब्ध ग्यालेक्सी जेड फोल्ड फाइभ र जेड फोल्ड फाइभ तथा सन् २०२४ मा सार्वजनिक हुने ग्यालेक्सी जेड फोल्ड सिक्स र जेड फ्लिप सिक्स गरी यो संख्यामा फोल्डेबल फोन बेच्ने लक्ष्य राखेको हो ।

फोल्डेबल फोनको बजारमा सामसङको आधिपत्य छ । कम्पनीले सन् २०२४ का लागि ग्यालेक्सी जेड फोल्ड र जेड फ्लिप लाइनअपका सिक्स मोडलहरूका लागि तयारी गरिरहेकाे छ ।

यसका लागि सामसङले प्रतिस्पर्धी कम्पनीहरूका उत्पादनलाई नजिकबाट नियालिरहेकाे छ । पातलो र हल्का फोल्डेबल फोनमा ह्वावेले मेट एक्स फाइभ ल्याएको छ । अर्कोतर्फ साओमीले पनि पातलो डिजाइनमा साओमी मिक्स फोल्ड थ्री ल्याएको छ । यी फोनकाे अध्ययनबाट सामसङले आगामी लाइनअपको डिजाइन परिमार्जन गर्ने अनुमान गरिएको छ ।

Published Date: 22 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी