सन् २०२४ मा दुई करोड युनिट फोल्डेबल फोन बिक्री गर्ने सामसङको लक्ष्य

सन् २०२४ मा दुई करोड युनिट फोल्डेबल फोन बिक्री गर्ने सामसङको लक्ष्य : Icon Khabar

काठमाडौं, कार्तिक ५ । सामसङले सन् २०२४ मा दुई करोड युनिट फोल्डेबल फोन बिक्री गर्ने लक्ष्य राखेको छ । काेरियन मिडिया द इलेकका अनुसार सामसङले हाल बजारमा उपलब्ध ग्यालेक्सी जेड फोल्ड फाइभ र जेड फोल्ड फाइभ तथा सन् २०२४ मा सार्वजनिक हुने ग्यालेक्सी जेड फोल्ड सिक्स र जेड फ्लिप सिक्स गरी यो संख्यामा फोल्डेबल फोन बेच्ने लक्ष्य राखेको हो ।

फोल्डेबल फोनको बजारमा सामसङको आधिपत्य छ । कम्पनीले सन् २०२४ का लागि ग्यालेक्सी जेड फोल्ड र जेड फ्लिप लाइनअपका सिक्स मोडलहरूका लागि तयारी गरिरहेकाे छ ।

यसका लागि सामसङले प्रतिस्पर्धी कम्पनीहरूका उत्पादनलाई नजिकबाट नियालिरहेकाे छ । पातलो र हल्का फोल्डेबल फोनमा ह्वावेले मेट एक्स फाइभ ल्याएको छ । अर्कोतर्फ साओमीले पनि पातलो डिजाइनमा साओमी मिक्स फोल्ड थ्री ल्याएको छ । यी फोनकाे अध्ययनबाट सामसङले आगामी लाइनअपको डिजाइन परिमार्जन गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 October 2023
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने