नेपाली राजदूतावासद्वारा इजरायलमा थप सुरक्षा सतर्कता अपनाउन नेपालीहरूलाई आग्रह

नेपाली राजदूतावासद्वारा इजरायलमा थप सुरक्षा सतर्कता अपनाउन नेपालीहरूलाई आग्रह : Icon Khabar

काठमाडौँ, कार्तिक ५ । इजरायलस्थित नेपाली राजदूतावासले थप सुरक्षा सतर्कता अपनाउन नेपालीहरूलाई आग्रह गरेको छ। लेबनानसँगको सीमा क्षेत्रबाट समेत इजरायलमाथि रकेट तथा मिसाइल आक्रमण सुरु भएको भन्दै सचेत रहन आग्रह गरेको हो।

इजरायलको दक्षिणी क्षेत्रको अशान्तिसँगै उत्तरी क्षेत्र लेबनानसँगको सीमा क्षेत्रमा समेत रकेट तथा मिसाइल प्रहार बढिरहेको दूतावासले जनाएको छ।

इजरायलले किर्यात सोमनासहितका बस्तीबाट मानिसहरूलाई अन्यत्र सार्न सुरु गरेको जनाएको छ। उक्त क्षेत्र आसपास बस्ने नेपालीहरूलाई सुरक्षा प्रोटोकलहरूको पालना गर्न अनुरोध गरेको छ। त्यस्तै आफ्नो क्षेत्रका लागि जारी गरिएका सूचनाबारे तथा आफ्नो सुरक्षातर्फ सचेत रहन दूतावासले अनुरोध गरेको छ। सुरक्षित आश्रयस्थल नभएका तथा विभिन्न हिसाबले अप्ठ्यारोमा परेको खण्डमा दूतावासमा जानकारी गराउन अनुरोध गरेको हो।

इजरायलमा बस्ने नेपालीहरूको सुरक्षाप्रति दूतावास गम्भीर रहेको जनाएको छ। परिस्थिति बिग्रँदै गएर कुनै आकस्मिक निर्णय गर्नुपर्ने भएमा यहाँ बस्ने हरेक नेपालीसम्म सहजै पुग्न सकियोस् भन्ने हेतुले दूतावासले विस्तृत विवरण सङ्कलन गर्न लागेको छ।

त्यसका लागि इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई दूतावासको वेबसाइटमा राखिएको तथ्याङ्क सङ्कलन फर्म अनिवार्य भर्न समेत अनुरोध गरेको छ।

यस अघि स्वदेश फर्कन चाहनेहरूको मात्रै विवरण माग भएकोमा यो फर्म भने सबैका अनिवार्य गरिएको दूतावासले जनाएको छ। त्यसैले इजरायलमा सम्पूर्ण नेपालीहरूलाई अनलाइन रजिस्ट्रेसन फर्म अनिवार्य रूपमा भर्नुहोला, फर्म भर्न मेसो नपाउनेले दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Published Date: 22 October 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता