ड्रोनमार्फत दशैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजना अनुगमन हुँदै

ड्रोनमार्फत दशैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजना अनुगमन हुँदै : Icon Khabar

नेपालगन्ज, कात्तिक ५ । दशैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजनाको नेपालगन्जमा ड्रोन क्यामेरामार्फत अनुगमन गरिएको छ ।

घटस्थापनाको दिनदेखि नेपािलगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको सङ्ख्या, बस्तुस्थिति र सुरक्षा अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालयद्वारा ड्रोनमार्फत अनुगमन गरिएको हो ।

बिजया दशमीपछि मूर्ति विसर्जन गर्दा सुरक्षा ब्यवस्था सहज बनाउन ड्रोन क्यामेरा उडाएर परीक्षण तथा अवलोकन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी नारायण डाँगीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 October 2023
Website | + posts