निजामती कर्मचारीले वैदेशिक अध्ययन छात्रवृत्तिका लागि आवेदन दिन सकिने

निजामती कर्मचारीले वैदेशिक अध्ययन छात्रवृत्तिका लागि आवेदन दिन सकिने : Icon Khabar

काठमाडौं, कार्तिक ५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाले वैदेशिक अध्ययन छात्रवृत्तिका लागि निवेदन माग गरेको छ ।

शाखाको अनुसार इच्छुक निजामती कर्मचारीले सूचनामा उल्लेख भएको विवरण खुलाई अद्यावधिक व्यक्तिगत विवरण सहित १० कात्तिकभित्र निवेदन पेस गर्नुपर्नेछ ।

शाखाले सङ्घीय मामिला तथा सामान्य प्रशासन शाखाको जनशक्ति योजना तथा विकास शाखाले खुल्ला गरेको जापान र अमेरिकाको विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधि तह अध्ययनका लागि आवेदन पेश गर्न सूचित गरेको हो ।

शाखाको अनुसार निजामती सेवा ऐन तथा नियमावलीका प्रावधान र उक्त पत्रमा उल्लेख भएका आधारहरु पूरा भएका मन्त्रालय र मन्त्रालयअन्तर्गत कार्यरत इच्छुक निजामती कर्मचारीहरुले आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 October 2023
Website | + posts




ताजा
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने
बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन
चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको महसुल


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)