चिकेन मनपर्छ ? यसरि बनाउनुस नयाँ तरिकाको स्वादिलो चिकेन

चिकेन मनपर्छ ? यसरि बनाउनुस नयाँ तरिकाको स्वादिलो चिकेन : Icon Khabar

काठमाडौँ, कार्तिक ५ । दशैंमा हामी सामान्य अवस्थामा भन्दा धेरै नै मासु खान्छौं। मासुका सौखिनहरूले झन् थरीथरीका परिकार बनाएर खाइरहेका हुन्छन्। तर सबैलाई मासुबाट धेरै परिकार बनाउन नआउन सक्छ। के बनाउने भनेर अलमल पनि होला।

यदि तपाईं पनि उपलब्ध मासुबाट कुनै नयाँ परिकार बनाएर आफू र परिवारका सदस्यलाई खुवाउन चाहनुहुन्छ भने चिकेन अफ्रिडाटा बनाउन सक्नुहुन्छ। चिकेन अफ्रिटाडा फिलिपिन्सको प्रसिद्ध परिकार हो। हामीले सेफ कुमार चालिसेको सहयोगमार्फत् तपाईंलाई कुखुराको मासुबाट यो परिकार पकाउन सिकाएका हौं।

तयार गर्ने अवधिः ३० मिनेट पकाउने अवधिः ३० मिनेट

आवश्यक सामग्रीः

साना टुक्रामा काटिएको हड्डी नभएको ११५ ग्राम कुखुराको फल मासु, २ चम्चा सोया सस, आधा कागती (रस), कलेजो २ पाउण्ड, ५ चम्चा ओलिभ ओयल, २ टुक्रा आलु (चौथाइ काटेको), १ टुक्रा प्याज (मसिनो गरी काटिएको), लसुन २ पोटी (पिसेको), २ वटा ठूला टमाटर (मसिनो पारेर काटेको), एउटा हरियो भेडे खुर्सानी (टुक्राइएको), नुन र मरिच (स्वाद अनुरूपको मात्रा लिने)

पकाउने विधि

१. सर्वप्रथम सम्पूर्ण पूर्वतयारी गरिसक्ने।

२. त्यसपछि सबै सामग्री र उपकरण तयार पार्ने।

३. चिकेनलाई ठूलो भाँडामा राखेर त्यसलाई छोप्ने गरी प्रशस्त पानी हाल्ने।

४. सोया सस र कागतीको रस उक्त पानीमा मिसाएर चलाउने।

५. यसलाई ५ मिनेटसम्म उमाल्ने र चिकेनलाई निकालेर पानीमा राख्ने।

६. भाँडामा पुनः ताजा पानी भरेर चिकेन कलेजोलाई ५ मिनेट उमाल्ने।

७. अनि कलेजोलाई सेलाउन दिएर खान मिल्ने स­साना टुक्रा पार्ने।

८. ३ चम्चा ओलिभ ओयललाई मन्द आँचमा बसालेको तावामा तताउने। त्यसमा आलु हाल्ने र रातो हुने गरी ७ देखि १० मिनेटसम्म भुट्ने।

९. पेपर टावल बिछ्याइएको प्लेटमा आलु खन्याउने।

१०. अझ २ चम्चा ओलिभ ओयल तावामा तताउने अनि बास्ना नआउञ्जेल २ देखि ५ मिनेटसम्म लसुन र प्याज फुराउने।

११. त्यसमा हड्डीरहित चिकेन र कलेजो हाल्ने। अनि छोपेर ५ मिनेटसम्म पकाउने। त्यसमा टमाटर थपेर चलाउँदै ५ मिनेट पकाउने।

१२. आलु र भेडे खुर्सानी पनि तावामा थप्ने। नुन र मरिच छर्किने। अर्को ५ मिनेट पकाउने।

त्यसपछि यसरी पकाइएको भएको चिकेन अफ्रिटाडा खान तयार हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 October 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)