चिकेन मनपर्छ ? यसरि बनाउनुस नयाँ तरिकाको स्वादिलो चिकेन

चिकेन मनपर्छ ? यसरि बनाउनुस नयाँ तरिकाको स्वादिलो चिकेन : Icon Khabar

काठमाडौँ, कार्तिक ५ । दशैंमा हामी सामान्य अवस्थामा भन्दा धेरै नै मासु खान्छौं। मासुका सौखिनहरूले झन् थरीथरीका परिकार बनाएर खाइरहेका हुन्छन्। तर सबैलाई मासुबाट धेरै परिकार बनाउन नआउन सक्छ। के बनाउने भनेर अलमल पनि होला।

यदि तपाईं पनि उपलब्ध मासुबाट कुनै नयाँ परिकार बनाएर आफू र परिवारका सदस्यलाई खुवाउन चाहनुहुन्छ भने चिकेन अफ्रिडाटा बनाउन सक्नुहुन्छ। चिकेन अफ्रिटाडा फिलिपिन्सको प्रसिद्ध परिकार हो। हामीले सेफ कुमार चालिसेको सहयोगमार्फत् तपाईंलाई कुखुराको मासुबाट यो परिकार पकाउन सिकाएका हौं।

तयार गर्ने अवधिः ३० मिनेट पकाउने अवधिः ३० मिनेट

आवश्यक सामग्रीः

साना टुक्रामा काटिएको हड्डी नभएको ११५ ग्राम कुखुराको फल मासु, २ चम्चा सोया सस, आधा कागती (रस), कलेजो २ पाउण्ड, ५ चम्चा ओलिभ ओयल, २ टुक्रा आलु (चौथाइ काटेको), १ टुक्रा प्याज (मसिनो गरी काटिएको), लसुन २ पोटी (पिसेको), २ वटा ठूला टमाटर (मसिनो पारेर काटेको), एउटा हरियो भेडे खुर्सानी (टुक्राइएको), नुन र मरिच (स्वाद अनुरूपको मात्रा लिने)

पकाउने विधि

१. सर्वप्रथम सम्पूर्ण पूर्वतयारी गरिसक्ने।

२. त्यसपछि सबै सामग्री र उपकरण तयार पार्ने।

३. चिकेनलाई ठूलो भाँडामा राखेर त्यसलाई छोप्ने गरी प्रशस्त पानी हाल्ने।

४. सोया सस र कागतीको रस उक्त पानीमा मिसाएर चलाउने।

५. यसलाई ५ मिनेटसम्म उमाल्ने र चिकेनलाई निकालेर पानीमा राख्ने।

६. भाँडामा पुनः ताजा पानी भरेर चिकेन कलेजोलाई ५ मिनेट उमाल्ने।

७. अनि कलेजोलाई सेलाउन दिएर खान मिल्ने स­साना टुक्रा पार्ने।

८. ३ चम्चा ओलिभ ओयललाई मन्द आँचमा बसालेको तावामा तताउने। त्यसमा आलु हाल्ने र रातो हुने गरी ७ देखि १० मिनेटसम्म भुट्ने।

९. पेपर टावल बिछ्याइएको प्लेटमा आलु खन्याउने।

१०. अझ २ चम्चा ओलिभ ओयल तावामा तताउने अनि बास्ना नआउञ्जेल २ देखि ५ मिनेटसम्म लसुन र प्याज फुराउने।

११. त्यसमा हड्डीरहित चिकेन र कलेजो हाल्ने। अनि छोपेर ५ मिनेटसम्म पकाउने। त्यसमा टमाटर थपेर चलाउँदै ५ मिनेट पकाउने।

१२. आलु र भेडे खुर्सानी पनि तावामा थप्ने। नुन र मरिच छर्किने। अर्को ५ मिनेट पकाउने।

त्यसपछि यसरी पकाइएको भएको चिकेन अफ्रिटाडा खान तयार हुन्छ।

Published Date: 22 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी