अमेजनका अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा गिरावट

अमेजनका अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा गिरावट : Icon Khabar

ब्राजिल, कात्तिक ५ । अमेजनका केही भागमा अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ । यसले करिब दुई हजार वर्ष पुरानो हुनसक्ने ठानिएको जलमग्न दर्जनौँ चट्टानमा मानव आकृति देखिएको छ ।

अमेजनको सबैभन्दा ठूलो सहर मनाउसका लामो समयदेखिका निवासी लिभिया रिबेरोले साथीहरूबाट चट्टानमा मानव आकृतिका बारेमा सुनेको र हेर्न चाहेको बताउनुभयो । “मलाई यो झुट हो जस्तो लागेको छ, मैले यसलाई कहिल्यै पनि देखेकी थिइनँ, म मनाउसमा २७ वर्षदेखि बस्दै आएकी छु”, उक्त आकृति हेरेपछि प्रशासक रिबेरोले भन्नुभयो ।

चट्टानका आकृतिहरू सामान्यतया देखिँदैन किनकी तिनीहरू निग्रो नदीको पानीले भरिन्छ, यो नदीको प्रवाह गत साता एक सय २१ वर्षमा सबैभन्दा कम स्तरमा रेकर्ड गरिएको थियो ।

नदी किनारमा आकृतिहरू सहितको सतहले वैज्ञानिक र सर्वसाधारणलाई खुसी प्रदान गरेको छ तर चिन्ता गर्ने प्रश्न पनि दिएको छ । “हामी आउँछौँ, आकृति देख्छौँ र हामीलाई ती सुन्दर लाग्छन् तर यो चिन्ताजनक पनि छ, मलाई यो नदी ५० वा एक सय वर्षमा अस्तित्वमा रहन्छ र भन्ने लाग्छ”, रिबेरोले भन्नुभयो ।

ब्राजिलको अमेजनमा खडेरीका कारण हालैका साताहरूमा नदीको जलस्तर अत्यन्त कम भएको छ जसबाट यो क्षेत्र प्रभावित भएको छ । यो जल यातायात र आपूर्तिका लागि जलमार्गको सञ्जालमा निर्भर छ ।

ब्राजिल सरकारले उक्त क्षेत्रमा आपत्कालीन सहायता पठाएको छ । यहाँ सामान्यतया नदीका किनारा सुक्खा हुन्छन् र फँसेका डुङ्गाहरूले भरिएका हुन्छन् ।

विज्ञहरूका अनुसार यस वर्ष अल निनोका कारण प्रशान्त महासागरमा रहेको अनियमित जलवायु खराब भएको छ र यसबाट जलवायु परिवर्तनका असर बढेको छ । रासस-एएफपी

Published Date: 22 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी