इजरायलमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण

इजरायलमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण : Icon Khabar

काठमाडौँ, कार्तिक ५ । इजरायलमा हमासको आक्रमणमा मारिएका नेपालीहरूमध्ये तीन जनाको शव काठमाडौँ आइपुगेको छ । इजरायलको सरकारले पहिचान खुलेका ४ जनाको शव कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावास बुझाएसँगै ती शवलाई आइतबार नेपाल ल्याइएको हो ।

चारमध्ये तीनवटा शव काठमाडौँ आइपुगेको छ । हाल आइपुगेका शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको रहेको छ । आशिष चौधरीको शव भने दिउँसो काठमाडौँ आइपुग्नेछ ।

न्यौपानेको शव राति नै नेपाल आइपुगेको थियो भने आइतबार बिहान धामी र विष्टको शव विमानस्थलमा आइपुगेको हो । शव नेपाल आइपुगेसँगै परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायत अधिकारीहरू पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Published Date: 22 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी