इजरायलमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण

इजरायलमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण : Icon Khabar

काठमाडौँ, कार्तिक ५ । इजरायलमा हमासको आक्रमणमा मारिएका नेपालीहरूमध्ये तीन जनाको शव काठमाडौँ आइपुगेको छ । इजरायलको सरकारले पहिचान खुलेका ४ जनाको शव कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावास बुझाएसँगै ती शवलाई आइतबार नेपाल ल्याइएको हो ।

चारमध्ये तीनवटा शव काठमाडौँ आइपुगेको छ । हाल आइपुगेका शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको रहेको छ । आशिष चौधरीको शव भने दिउँसो काठमाडौँ आइपुग्नेछ ।

न्यौपानेको शव राति नै नेपाल आइपुगेको थियो भने आइतबार बिहान धामी र विष्टको शव विमानस्थलमा आइपुगेको हो । शव नेपाल आइपुगेसँगै परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायत अधिकारीहरू पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 October 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)