इजरायलमा मारिएका विद्यार्थीको शव काठमाडौं आइपुग्यो

इजरायलमा मारिएका विद्यार्थीको शव काठमाडौं आइपुग्यो : Icon Khabar

काठमाडौँ, कार्तिक ५ । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शवमध्ये चार जनाको शव काठमाडौं आइपुगेको छ । शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्र मन्त्री एनपी साउद पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् ।

गए राति १२ बजे नारायणप्रसाद न्यौपानेको शव आइपुगेको हो भने केही बेरअघि लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टको शव काठमाडौं आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदका पे्रस संयोजक केशव साउदले जानकारी दिएका छन् ।

तेलअबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव फ्लाई दुबईको जहाजमार्फत् नेपाल पठाएको हो । शव नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको बताइएको छ ।

अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न भने केही दिन लाग्ने दूतावासले जनाएको छ । कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।

Published Date: 22 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी