इजरायलमा मारिएका विद्यार्थीको शव काठमाडौं आइपुग्यो

इजरायलमा मारिएका विद्यार्थीको शव काठमाडौं आइपुग्यो : Icon Khabar

काठमाडौँ, कार्तिक ५ । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शवमध्ये चार जनाको शव काठमाडौं आइपुगेको छ । शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्र मन्त्री एनपी साउद पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् ।

गए राति १२ बजे नारायणप्रसाद न्यौपानेको शव आइपुगेको हो भने केही बेरअघि लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टको शव काठमाडौं आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदका पे्रस संयोजक केशव साउदले जानकारी दिएका छन् ।

तेलअबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव फ्लाई दुबईको जहाजमार्फत् नेपाल पठाएको हो । शव नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको बताइएको छ ।

अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न भने केही दिन लाग्ने दूतावासले जनाएको छ । कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 October 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न