इन्धनको मूल्य घटेपछि दशैंमा घर जानको लागि सार्वजनिक यातायातको भाडा सस्तो हुने

इन्धनको मूल्य घटेपछि दशैंमा घर जानको लागि सार्वजनिक यातायातको भाडा सस्तो हुने : Icon Khabar

काठमाडौँ, असोज २९ । नेपाल आयल निगमले इन्धनको मूल्य ११ रुपैयाँसम्म घटाएपछि दशैंमा गाउँ जानेको लागि सार्वजनिक यातायातको भाडा सस्तो हुने भएको छ ।

आइतबार रातिदेखि आयल निगमले डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र पेट्रोलको मूल्य ११ रुपैयाँ घटाएको थियो । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

निगमले भारी मात्रामा इन्धनको मुल्य घटाएसँगै लामो तथा छोटो दुरीको भाडा पनि घट्ने छ । घटस्थापनादेखि काठमाडौंबाट दशैं तथा तिहार हजारौंको सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन । करिब २० लाख हाराहारी मानिसहरुल चाडपर्वमा राजधानी छोड्ने गरेको यातायात व्यवसायीहरुको भनाई छ ।

इन्धनको मूल्य समायोजनपछि यातायात विभाग तथा प्रदेश यातायात मन्त्रालयले स्वचालित भाडादरको आधारमा मुल्य घटाउने छन्। विभागले आजै लामो तथा छोटो दूरीका सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजननिक गर्ने तयारी गरिरहेको छ ।

हाल नयाँ बसपार्क, पूर्वअरनिको यातायात लगायतले अग्रिम टिकट बुकिङ खुलाइरहेका छन । यस अघि यातायात व्यवसायीले भाड वृद्धिको माग राख्दै टिकट बुकिङ खुलाउन सहमत भएका थिएनन् । हाल इन्धनको मूल्य घटेसँगै भाडा नघटाउन सरकारलाई दबाब दिने तयारीमा उनीहरु छन ।

Published Date: 16 October 2023






ताजा
किकम्पा मन्टेसरीमा ‘पोषण जाँच कार्यक्रम–२०८३’ सम्पन्न
ब्राजिल विश्वकपको पहिलो खेलमा मोरक्कोसँग रोकियो, अपराजित कीर्तिमान भने कायम
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५२ रुपैयाँ नाघ्दा कुवेती दिनार सबैभन्दा महँगो
देशका अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न