इन्धनको मूल्य घटेपछि दशैंमा घर जानको लागि सार्वजनिक यातायातको भाडा सस्तो हुने

इन्धनको मूल्य घटेपछि दशैंमा घर जानको लागि सार्वजनिक यातायातको भाडा सस्तो हुने : Icon Khabar

काठमाडौँ, असोज २९ । नेपाल आयल निगमले इन्धनको मूल्य ११ रुपैयाँसम्म घटाएपछि दशैंमा गाउँ जानेको लागि सार्वजनिक यातायातको भाडा सस्तो हुने भएको छ ।

आइतबार रातिदेखि आयल निगमले डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र पेट्रोलको मूल्य ११ रुपैयाँ घटाएको थियो । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

निगमले भारी मात्रामा इन्धनको मुल्य घटाएसँगै लामो तथा छोटो दुरीको भाडा पनि घट्ने छ । घटस्थापनादेखि काठमाडौंबाट दशैं तथा तिहार हजारौंको सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन । करिब २० लाख हाराहारी मानिसहरुल चाडपर्वमा राजधानी छोड्ने गरेको यातायात व्यवसायीहरुको भनाई छ ।

इन्धनको मूल्य समायोजनपछि यातायात विभाग तथा प्रदेश यातायात मन्त्रालयले स्वचालित भाडादरको आधारमा मुल्य घटाउने छन्। विभागले आजै लामो तथा छोटो दूरीका सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजननिक गर्ने तयारी गरिरहेको छ ।

हाल नयाँ बसपार्क, पूर्वअरनिको यातायात लगायतले अग्रिम टिकट बुकिङ खुलाइरहेका छन । यस अघि यातायात व्यवसायीले भाड वृद्धिको माग राख्दै टिकट बुकिङ खुलाउन सहमत भएका थिएनन् । हाल इन्धनको मूल्य घटेसँगै भाडा नघटाउन सरकारलाई दबाब दिने तयारीमा उनीहरु छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 October 2023
Website | + posts
ताजा
बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घट्यो
बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू