सोमबार सुनको भाउ ७०० रुपैयाँले घट्यो

सोमबार सुनको भाउ ७०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, असोज २९ । सोमबार सुनको भाउ ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७०० सय रुपैयाँले घटेर १ लाख १२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

आइतबार भने सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेको थियो । आइतबार छापावाल सुन १ लाख १३ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको छ ।

Published Date: 16 October 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर