नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही हुन्छ : नेपाल राष्ट्र बैंक

नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही हुन्छ : नेपाल राष्ट्र बैंक : Icon Khabar

काठमाडौँ, पुष २९। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारि गर्दै नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही हुने चेतावनी दिएको छ । उक्त जारि सूचना अनुसार नेपालमा बसोबास गर्ने कुनैपनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरि कुनै पनि कार्य नगर्न भनिएको हो।

राष्ट्र बैंकले भनेको छ ‘विदेशमा लगानी हुनेगरी घरजग्गा खरिद गर्ने, सम्पत्ति खरिद गर्ने वा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार (यस बैंकले तोकेको व्यवस्था बमोजिम बाहेक) गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने छ ।’ विदेशी विनिमय ऐन २०१९ मा यससम्बन्धी व्यवस्था छ । राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैलई विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न र नगराउन पनि सचेत गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 January 2023
Website | + posts




ताजा
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने
आफूहरु संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने: एमाले नेता बस्नते


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने