नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही हुन्छ : नेपाल राष्ट्र बैंक

नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही हुन्छ : नेपाल राष्ट्र बैंक : Icon Khabar

काठमाडौँ, पुष २९। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारि गर्दै नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही हुने चेतावनी दिएको छ । उक्त जारि सूचना अनुसार नेपालमा बसोबास गर्ने कुनैपनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरि कुनै पनि कार्य नगर्न भनिएको हो।

राष्ट्र बैंकले भनेको छ ‘विदेशमा लगानी हुनेगरी घरजग्गा खरिद गर्ने, सम्पत्ति खरिद गर्ने वा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार (यस बैंकले तोकेको व्यवस्था बमोजिम बाहेक) गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने छ ।’ विदेशी विनिमय ऐन २०१९ मा यससम्बन्धी व्यवस्था छ । राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैलई विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न र नगराउन पनि सचेत गराएको हो ।

Published Date: 13 January 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय