संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले सबै सदस्य राष्ट्रहरूलाई कानूनको शासनको दृष्टिकोण र मूल्यहरूलाई समर्थन गर्न आह्वान

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले सबै सदस्य राष्ट्रहरूलाई कानूनको शासनको दृष्टिकोण र मूल्यहरूलाई समर्थन गर्न आह्वान : Icon Khabar

संयुक्त राष्ट्रसंघ, पुष २९ । (सिन्ह्वा) संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरुलाई कानुनी शासनको पालना गर्न आग्रह गरेका छन्।

उनले भने –म सबैभन्दा पहिला के कुरामा विश्वका संयुक्त राष्ट्रसङ्घका सदस्य देशहरुलाई आग्रह गर्दछु भने हामी सबैले संयुक्त राष्ट्रसङ्घको मूल्य मान्यता र यसको बडापात्रको सम्मान गर्नुपर्दछ र मलाई लाग्छ सबैले कानुनी शासनको पालनामा ध्यान दिनुपर्दछ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले त्यस बैठकमा विश्वका सबै देशहरुले आजको अवस्थामा संयुक्त राष्ट्रसङ्घको मूल्य मान्यतामा जोड दिँदै यसको महत्वका लागि कानुनी शासनको पालना गर्न र यसको बडापत्रमा ध्यान दिन आग्रह गरेको बताइएको छ।
विश्वमा शान्तिको स्थापना गर्न तथा अन्तर्राष्ट्रिय कानुनहरुको पालना र यसको प्रवर्द्धनका लागि विश्वका देशहरुले संयुक्त राष्ट्रसङ्घको बडापत्र र यसका मूल्य मान्यताहरुको सम्मान र प्रवर्द्धनमा जोड दिएको पनि सो समाचारमा जनाइएको छ ।

विश्वम शान्ति स्थापना गर्न तथा विश्वका नागरिकहरुमा आत्मसम्मानको विकास गर्नका लागि पनि कानुनी शासनको पालना र यसको सम्मान अहिले निकै नै जरुरी रहेको उनको भनाइ थियो। उनले भने –विश्वका विभिन्न देशमा हत्या हिंसा बढ्दै गएको छ । विभिन्न स्वारुपका हिंसात्मक गतिविधिहरु बढिरहेका छन् भन्दै यसका लागि सबैले कानुनको पालना र दोषीमाथि कानुनी शासनअनुरुप कारबाही हुनु जरुरी छ ।

Published Date: 13 January 2023








ताजा
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ