लोकेश्वर साकोसमा ब्याडमिन्टन प्रतियोगिता सुरु

लोकेश्वर साकोसमा ब्याडमिन्टन प्रतियोगिता सुरु : Icon Khabar

भक्तपुर,पुष २९ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा अन्तर सदस्यीय पुरुष एकल ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि भनपा साविक १५ बडाका पुर्व बडा अध्यक्ष रविन्द्र खर्बुजाले युवाहरु खेलकुद र शिक्षामा आवद्ध गराउन सके सभ्य समाजको निर्माण हुने र स्वस्थ रहन कुनै न कुनै खेलमा लाग्नु पर्ने बताए। संस्थाका अध्यक्ष राजन जतिले सहकारीहरु समुदायमा आधारित रहेर वित्तीय कारोबार संगै अतिरिक्त क्रियाकलापहरु पनि गर्दै लैजानु पर्ने बताए।

युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको सो कार्यक्रममा सदस्य इन्द्र भक्त पंचले पनि प्रतियोगिताको महत्व बारे स्पष्ट पारे। । शुक्रबार भएको क्वार्टर फाइनल खेलमा विकाश पंचले विष्णुप्रसाद कर्माचार्यलाई, पुण्यराम स्वंगमिखाले प्रेमसुन्दर पक्कालाई, राज खुसुजूले रामकृष्ण खुसुलाई र प्रशँन्त देशेमरुले अनुभव पंचलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । संयोजक छुकांले सेमि फाइनल र फाइनल खेल पुस ३० गते हुने जानकारीे दिए।

Published Date: 13 January 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड