लोकेश्वर साकोसमा ब्याडमिन्टन प्रतियोगिता सुरु

लोकेश्वर साकोसमा ब्याडमिन्टन प्रतियोगिता सुरु : Icon Khabar

भक्तपुर,पुष २९ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा अन्तर सदस्यीय पुरुष एकल ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि भनपा साविक १५ बडाका पुर्व बडा अध्यक्ष रविन्द्र खर्बुजाले युवाहरु खेलकुद र शिक्षामा आवद्ध गराउन सके सभ्य समाजको निर्माण हुने र स्वस्थ रहन कुनै न कुनै खेलमा लाग्नु पर्ने बताए। संस्थाका अध्यक्ष राजन जतिले सहकारीहरु समुदायमा आधारित रहेर वित्तीय कारोबार संगै अतिरिक्त क्रियाकलापहरु पनि गर्दै लैजानु पर्ने बताए।

युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको सो कार्यक्रममा सदस्य इन्द्र भक्त पंचले पनि प्रतियोगिताको महत्व बारे स्पष्ट पारे। । शुक्रबार भएको क्वार्टर फाइनल खेलमा विकाश पंचले विष्णुप्रसाद कर्माचार्यलाई, पुण्यराम स्वंगमिखाले प्रेमसुन्दर पक्कालाई, राज खुसुजूले रामकृष्ण खुसुलाई र प्रशँन्त देशेमरुले अनुभव पंचलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । संयोजक छुकांले सेमि फाइनल र फाइनल खेल पुस ३० गते हुने जानकारीे दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
Published Date: 13 January 2023
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने