प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा दुई जना पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा दुई जना पक्राउ : Icon Khabar

भक्तपुर, पुष २९। लागूऔषध मुद्दामा पक्राउ परेका व्यक्तिको मुद्दा मिलाई छुटाई दिएमा नगद ५० हजार रूपैयाँ दिन्छु भनी प्रहरीलाई आर्थिक प्रलोभनामा पार्न खोजेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ बस्ने ४१ वर्षीय अर्जुन तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय विरोध तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको कार्यालय परिसरमा खटिएको प्रहरीलाई फोन सम्पर्क गरी लागूऔषध मुद्दाको अनुसन्धानमा उक्त कार्यालयमा नियन्त्रणमा रहेका अभियुक्तको मुद्दा मिलाई छुटाइदिएमा नगद ५० हजार रूपैयाँ दिन्छु भनी प्रलोभनमा पार्न खोजी सो कार्यालयमा आएका उनीहरूलाई नगद ५७ हजार ५ सय रूपैयाँ र २ थान मोबाइल फोन सहित प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 January 2023
Website | + posts








ताजा
असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ
भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा प्रजिअ पाण्डेको स्वागत
चाँगुनारायणमा जनप्रतिनिधिका तीन वर्ष : विकास र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?