प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा दुई जना पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा दुई जना पक्राउ : Icon Khabar

भक्तपुर, पुष २९। लागूऔषध मुद्दामा पक्राउ परेका व्यक्तिको मुद्दा मिलाई छुटाई दिएमा नगद ५० हजार रूपैयाँ दिन्छु भनी प्रहरीलाई आर्थिक प्रलोभनामा पार्न खोजेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ बस्ने ४१ वर्षीय अर्जुन तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय विरोध तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको कार्यालय परिसरमा खटिएको प्रहरीलाई फोन सम्पर्क गरी लागूऔषध मुद्दाको अनुसन्धानमा उक्त कार्यालयमा नियन्त्रणमा रहेका अभियुक्तको मुद्दा मिलाई छुटाइदिएमा नगद ५० हजार रूपैयाँ दिन्छु भनी प्रलोभनमा पार्न खोजी सो कार्यालयमा आएका उनीहरूलाई नगद ५७ हजार ५ सय रूपैयाँ र २ थान मोबाइल फोन सहित प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published Date: 13 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न