पाकिस्तानी केन्द्रीय बैंकको विदेशी मुद्रा सञ्चिति १.२३ अर्ब अमेरिकी डलरले घट्यो

पाकिस्तानी केन्द्रीय बैंकको विदेशी मुद्रा सञ्चिति १.२३ अर्ब अमेरिकी डलरले घट्यो : Icon Khabar

इस्लामावाद, पुष २९। (सिन्ह्वा) – स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति १.२३ अर्ब अमेरिकी डलरले घटेको घोषणा गरेको छ।

पुष २२ मा समाप्त भएको हप्तामा, पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग ४.३४ बिलियन डलरमा झरेको कुरा एसबीपीले बिहीबार एक विज्ञप्तिमा भनेको हो। विज्ञप्तिमा भनिएको छ, “विदेशी ऋण चुक्ताका कारण यो कमी आएको हो।

वाणिज्य बैंकहरुसँग रहेको खुद विदेशी सञ्चिति ५ अर्ब ८४ करोड अमेरिकी डलर पुगेको छ । केन्द्रीय बैंकका अनुसार दक्षिण एसियाली देशसँग रहेको कुल तरल विदेशी सञ्चिति करिब १० अर्ब १८ करोड डलर रहेको छ । ■

Published Date: 13 January 2023