गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने : Icon Khabar

पोखरा , पुष २९। गण्डकी प्रदेशका नवनियुक्त  मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भयको छ।  चार दलको समर्थनमा सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भयका अधिकारीले नियुक्त भएको चार दिनमै विश्वासको मत लिन लागेका हुन्।अधिकारीले मुख्यमन्त्री लगतै  विश्वासको मत लिने आवश्यक प्रक्रियाका लागि प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए।

प्रदेश सभा सचिवालयले आज २९ गते मुख्यमन्त्रीले विश्वासको मत लिने गरी कार्यसूचीमा राख्ने व्यवहोराको पत्र मंगलबार नै सचिवालयमा आएको जनाएको थियो । संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

एमाले संसदीय दलका नेता अधिकारी प्रदेश सभाका ३३ सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।
६० सदस्य प्रदेश सभामा अधिकारीलाई एमाले लगायत माओवादी केन्द्रका , राप्रपाका , सदस्य र  एकीकृत समाजवादीको समेत समर्थन गरेका थिए।

Published Date: 13 January 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ