गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने : Icon Khabar

पोखरा , पुष २९। गण्डकी प्रदेशका नवनियुक्त  मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भयको छ।  चार दलको समर्थनमा सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भयका अधिकारीले नियुक्त भएको चार दिनमै विश्वासको मत लिन लागेका हुन्।अधिकारीले मुख्यमन्त्री लगतै  विश्वासको मत लिने आवश्यक प्रक्रियाका लागि प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए।

प्रदेश सभा सचिवालयले आज २९ गते मुख्यमन्त्रीले विश्वासको मत लिने गरी कार्यसूचीमा राख्ने व्यवहोराको पत्र मंगलबार नै सचिवालयमा आएको जनाएको थियो । संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

एमाले संसदीय दलका नेता अधिकारी प्रदेश सभाका ३३ सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।
६० सदस्य प्रदेश सभामा अधिकारीलाई एमाले लगायत माओवादी केन्द्रका , राप्रपाका , सदस्य र  एकीकृत समाजवादीको समेत समर्थन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 January 2023
Website | + posts