उपत्यकाका निर्माण व्यवसायीद्वारा मन्त्री समक्ष आयोजना सम्पन्न गर्ने लिखित समयसीमाको वाचा

उपत्यकाका निर्माण व्यवसायीद्वारा मन्त्री समक्ष आयोजना सम्पन्न गर्ने लिखित समयसीमाको वाचा : Icon Khabar

काठमाडौँ, पुष २८। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय नारायणकाजी श्रेष्ठको उपस्थिति र निर्देशनमा मन्त्रालयका सचिव, विभागका महानिर्देशक तथा बिभिन्न आयोजना प्रमुखसहितको सहभागितामा निर्माण व्यवसायीबीच मन्त्रालयमा विहिबार एक संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

अन्तरक्रियामा अमुकअमुक सडक आयोजनाका निर्माण व्यवसायीले आ–आफ्नो ठेक्कामा भएगरेका सहज र जटिलताबारे मौखिक रुपमा वस्तुपरक प्रतिवेदन प्रस्तुत गरे । उनीहरुले त्यहाँ आ–आफना ठेक्कामा रहेका आयोजनाहरु तततत् समय सीमाभित्र सम्पन्न गर्ने लिखित प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उक्त कार्यक्रममा सहभागी आयोजनाका निर्माण व्यवसायीले स्पष्ट समयसीमा तोकेर नै कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा उपप्रधान मन्त्री श्रेष्ठले जोड दिंदै भने – विकास निर्माणलाई अनिवार्य महत्व दिएर उद्योगको रुपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न जरुरी छ । साथै अहिले सरोकारवालाको नजरमा निर्माण व्यवसायी र कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोणलाई सुधार गर्न पनि जरुरी छ । त्यसलाई चिर्ने गरी निर्माण व्यवसायीको प्रतिष्ठा र गुणस्तरीय विकास हामी सबैको साझा विषय हो, हामी सिस्टमअन्तर्गत रही विकास निर्माणमा अगाडि बढ्नु पर्छ ।

काठमाडौं जिल्ला अन्तर्गतका आयोजनाहरु

१० महांकाल भृकुटीचोक तेन्जीङचोक फैका आनीगुम्वा चपली बुढानिलकण्ठ सडक:
निर्माण व्यवसायीः तुदिरप्रेरा जेभी वागडोल, ललितपुर
सम्पन्न गर्ने प्रतिवद्धता: २०७९ साल माघ मसान्तसम्म
२० साततले भण्डारी गार्मेन्ट आकाशेधारा बालुवाखानी सडक :
निर्माण व्यवसायी: दिवारशैलङ्ग जेभी
सम्पन्न गर्ने प्रतिवद्धता: २०७९ फागुन १५ गतेसम्म
३० आकाशेधारा राममन्दिर, कृष्णमन्दिर सडक :
निर्माण व्यवसायी: शैलुङ्ग कन्स्ट्रक्सन कम्पनी प्रा।लि।
सम्पन्न गर्ने प्रतिवद्धता: २०७९ फागुन १५ गतेसम्म
४० सीतापाइला रामकोट भिमढुङ्गा सडक
निर्माण व्यवसायी :आशिष सिएम जयवावा जेभी
सम्पन्न गर्ने प्रतिवद्धता: २०७९ माघ मसान्तसम्म
५० पेप्सिकोला ब्राहखेल सडक
निर्माण व्यवसायी: महालक्ष्मीरवर्डवाईड भण्डार धोदुङ जेभी
सम्पन्न गर्ने प्रतिवद्धता: २०८० असार मसान्तसम्म
६० मित्रपार्क गौरीघाट गुहेश्वरी नयाँवस्ती जोरपाटी सडक निर्माण
निर्माण व्यवसायी: सुनकोशीरप्रजिल जेभी
सम्पन्न गर्ने प्रतिवद्धता: २०७९ माघ मसान्तभित्र कालोपत्रे गर्ने

भक्तपुर जिल्ला अन्तर्गतका आयोजनाहरु

१० कमलविनायक वसपार्कदेखि भत्केपाटीको पाटी सडक विस्तार र ड्रेन निर्माण कार्य
निर्माण व्यवसायी: श्री लोहनी एण्ड ब्रदर्शरलालीगुराँस जेभी
२० मनोहरा खोला पुल इन्द्रायणी चाँगुनारायण सडक मनोहरा खोलामा आर।सी।सी। तथा पहुँच सडक निर्माण कार्य
निर्माण व्यवसायी: श्री लामा विल्डर्सरसाल्पा शेर्पारजय बाबा गोरख जेभी
३० हनुमन्ते खोला अरनिको राजमार्ग बप्फा पाटी बिहार बहाखा बजार सडक विस्तार गर्ने कार्य
निर्माण व्यवसायी: श्री सुनौला खिम्ती कन्स्ट्रक्सन
४० लोकन्थली हेल्थपोष्ट रमाइलो चोक चाइल्ड नेचर स्कुलमा सडक विस्तार गर्ने कार्य
निर्माण व्यवसायी: श्री सुनौला खिम्ती कन्स्ट्रक्सन
उल्लेखित आयोजनाहरुको सन्दर्भमा दुबै पक्ष फरफारक गर्न सहमत भएका छन् ।

ललितपुर जिल्ला अन्तर्गतका आयोजनाहरु

१० पेरियोडिक मेन्टेनेन्स अफ रिहाबिलिटेसन एण्ड अपग्रेडिङ वक्र्स एलङ छम्पी टिकाभैरव रोड
निर्माण व्यवसायी: महर्जन निर्माण सेवा
सम्पन्न गर्ने प्रतिवद्धता: २०७९ चैत मसान्तभित्र ९पुल बाहेक०
२० अपग्रेडिङ वक्र्स एलङ तउखेल चापागाउँ छम्पी डुकुछाप दक्षिणकाली रोड
निर्माण व्यवसायी: ड्रागन–महर्जन जेभी, काठमाडौं ।
सम्पन्न गर्ने प्रतिवद्धता: २०७९ चैत्र मसान्तसम्म
३० अपग्रेडिङ एण्ड रिहाबिलिटेसन वक्र्स एलङ लुभू–लाकुरीभञ्ज्याङग्–मानेदोभान रोड
निर्माण व्यवसायी: पि।एमरमहर्जन जेभी, ललितपुर
सम्पन्न गर्ने प्रतिवद्धता: २०७९ चैत्र मसान्तसम्म
४० स्पेसिफिक मेन्टेनेन्स वक्र्स ललितपुर म।न।पा। १५, खुमलटार, युलेन्स स्कुल ९पुरानो० जाने सडक, ललितपुर
निर्माण व्यवसायी: रानीवन कन्स्ट्रक्सन, काठमाडौं ।
निर्माण सम्पन्न गर्ने प्रतिवद्धता: २०७९ चैत्र मसान्तसम्म ।
५० कन्स्ट्रक्सन अफ आरसिसि ब्रिज ओभर नख्खु खोला
निर्माण व्यवसायी: महर्जन निर्माण सेवा, ललितपुर ।
निर्माण सम्पन्न गर्ने प्रतिवद्धता: २०८० असार मसान्तसम्म ।

उक्त अन्तरक्रिया कार्यक्रममा निर्माण व्यवसायीहरुले सम्पन्न गरिसकेका र नसकेका आयोजनाहरुबारे छलफल हुँदा पछिल्लो प्रकृतिका आयोजनाहरुको सन्दर्भमा समय सीमाभित्र सम्पन्न नभएका तर त्यसलाई स्थानीय तहले सम्पन्न गरिसकेको अवस्थाका आयोजनालाई लिएर निर्माण व्यवसायी र डिभिजन सडकबीच फरफारक गर्न दुबै पक्ष सहमत भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 January 2023
Website | + posts