कानुनभन्दा बाहिर गएर हवाई भाडा वृद्धि गरेमा कारबाही हुन्छ: मन्त्री किराँती

कानुनभन्दा बाहिर गएर हवाई भाडा वृद्धि गरेमा कारबाही हुन्छ: मन्त्री किराँती : Icon Khabar

काठमाडौं, असोज २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्न नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले सो कुरा बताएका हुन्।

अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने उनको भनाइ छ । उनले नियमभन्दा बाहिर गएर हवाई भाडा वृद्धि गर्न कसैलाई छुट नभएको बताए । उनले निजी कम्पनीहरूलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने भन्दै उनले निजी कम्पनीहरू ऐन, कानुनभन्दा बाहिर जान नपाउने बताए।

उनले भने, ‘नियमभन्दा बाहिर जान कसैलाई पनि छुट छैन । बजारमा भएको अनियन्त्रित भाडालाई नियन्त्रण गर्न नै, हस्तक्षेप गर्नका लागि नै नेपाल वायु सेवा निगममा जहाज चाहिन्छ । त्यही कारणले जहाज किन्ने प्रक्रियामा हामी प्रवेश गरिसकेका छौँ, त्योभन्दा अन्यथा हुँदैन । निजी कम्पनिलाई हामीले बढी नियन्त्रण गर्दा पनि फेरि निजी कम्पनीमैत्री हामी हुन सक्दैनौँ ।’

उनीहरू पनि ऐन, कानुनभन्दा बाहिर जान नपाउने मन्त्री किरातीले बताए । मनपरी भाडा उठाउन कसैलाई छुट नभएको उनको भनाइ छ । ‘स्वेच्छाचारी हुन कसैलाई छुट छैन । कानुनभन्दा बाहिर गएमा कारबाही हुन्छ । ऐन, कानुनभन्दा बाहिर छ भने म आजै एक्सन लिन्छु ।’ कानुनभन्दा बाहिर गएर हवाई भाडा वृद्धि गरेमा कारबाही गरिने उहाँले चेतावनी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 October 2023
Website | + posts
ताजा
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू