विश्व कप छनोट-नेपाल र लाओसको बराबरी

विश्व कप छनोट-नेपाल र लाओसको बराबरी : Icon Khabar

काठमाडौँ, असोज २५ । अन्जन विष्टले कीर्तिमानी गोल सँगै नेपालले विश्वकप छनोट अन्तर्गत पहिलो चरणको पहिलो लेगमा लाओस विरुद्ध १–१ को बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अन्जनले गोल गर्दा लाओसका लागि कप्तान बौनफाचन बौनकोङले गोल गरेका थिए । पहिलो हाफमा पछि पारेपछि नेपालले दोस्रो हाफको सुरुवातमा नै खेलमा बराबरी गरेको थियो ।

४८ औं मिनेटमा एरिक विष्टको कर्नरमा हेड मार्फत गोल गर्दै अन्जनले नेपाललाई खेलमा फर्काएका थिए । यो गोलसँगै उनले राष्ट्रिय पुरुष फुटबल टोलीबाट सर्वाधिक गोलको कीर्तिमानमा बराबरी गरेका छन् । उनले हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन् । उनले आफ्नो ६० औं खेलमा कीर्तिमानी बराबरी गरेका हुन् । सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै अन्जनले राष्ट्रिय डेब्यू गरेका थिए ।

लाओसका कप्तान बौनफाचन बौनकोङले खेलको ३३औं मिनेटमा अग्रता दिलाएका थिए । लाओसले आफ्नो पहिलो स्पष्ट मौकामा नै गोल गर्न सफल भएको थियो । मिडफिल्डमा आयुष घलानले मिसपास गरेपछि लाओस गोल गर्न सफल भएको हो । चोनी वेनपासर्थले दिएको पासमा बौनकोङले सुन्दर टच लिँदै नेपालका डिफेन्डरद्वय अनन्त तामाङ र रोहित चन्द सहित गोलकिपर किरण चेम्जोङलाई बिट गर्दै गोल गर्न सफल भएका थिए।

नेपालले खेलको पहिलो हाफमा स्पष्ट मौका भने बनाउन सकेको थिएन। १३ औं मिनेटमा लाकेन लिम्बुको बक्स बाहिर बाट लिएको प्रहार गोल पोस्टको माथि बाट बाहिरिदा ३७ औं मिनेटमा आवास लामिछानेको क्रसमा जीलेस्पि जंग कार्कीले लिएको प्रहारले पोस्टको दिशा लिन सकेन ।

५४औं मिनेटमा सुभानीको प्रहार लाकेन लिम्बुले रोके । ६१औं मिनेटमा रोहितको हेडर लाओस गोलरक्षकले सहजै बचाए । ८२ औं मिनेटमा लाकेन लिम्बुको क्रसमा अन्जनको हेडर लाओस गोलरक्षकले बचाए । नेपालले खेलको अन्तिमतिर दबाब सृजना गरेपनि अर्को गो गर्न सकेन ।

पहिलो चरणको विश्वकप छनोट दुई लेगको फर्म्याटमा खेलाइनेछ । एसियाली टोलीहरु मध्यको वरियतामा सबैभन्दा तल रहने २० टोली पहिलो चरण खेल्दै छन् । नेपाल र लाओस बीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुने छ । दुई खेलमा अघि रहने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 October 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने