भक्तपुरमा १० वर्षमा एक हजार बिरामीको सफल मृगौला प्रत्यारोपण

भक्तपुरमा १० वर्षमा एक हजार बिरामीको सफल मृगौला प्रत्यारोपण : Icon Khabar

काठमाडौँ, पुष २९। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा १० वर्षमा एक हजार बिरामीको सफल मृगौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मृगौला प्रत्यारोपण हुने गरेको छ । एउटा केन्द्रमा एक हजार जनाको मृगौला प्रत्यारोपण हुनुलाई ऐतिहासिक सफलता भएको उनले बताए । विश्वभरि नै मृगौला रोगको प्रकोप बढिरहेको भन्दै उहाँले रोगको पहिचान तथा उपचार र रोकथामका महìवपूर्ण उपायबारे नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिए।

डा. श्रेष्ठका अनुसार नेपालमा बर्सेनि करिब तीन हजार जनाको मृगौला फेल हुने गरेको छ । उनीहरूमध्ये धेरैको मृगौला प्रत्यारोपण हुन नसकेर मृत्यु हुने गर्दछ । गत १० वर्षको अवधिमा एक हजारको प्रत्यारोपण गरिएकोमा ९९ प्रतिशत सफलता मिलेको छ । प्रत्यारोपण क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकको सातवटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्न सकिने उनको भनाइ छ ।

सो प्रत्यारोपण केन्द्रमा २०६९ माघ ६ गते पहिलो पटक मृगौला प्रत्यारोपण भएको थियो । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सुरुमा प्रत्यारोपण गराउन बिरामी पाउनै मुस्किल रहेकोमा हाल तीन सय जना बिरामी प्रत्यारोपणको पालो पर्खाइमा रहेको जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक १० जनामध्ये एक जनालाई कुनै न कुनै किसिमको मृगौला रोग लाग्ने गरेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 January 2023
Website | + posts




ताजा
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने
आफूहरु संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने: एमाले नेता बस्नते


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने