भक्तपुरमा १० वर्षमा एक हजार बिरामीको सफल मृगौला प्रत्यारोपण

भक्तपुरमा १० वर्षमा एक हजार बिरामीको सफल मृगौला प्रत्यारोपण : Icon Khabar

काठमाडौँ, पुष २९। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा १० वर्षमा एक हजार बिरामीको सफल मृगौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मृगौला प्रत्यारोपण हुने गरेको छ । एउटा केन्द्रमा एक हजार जनाको मृगौला प्रत्यारोपण हुनुलाई ऐतिहासिक सफलता भएको उनले बताए । विश्वभरि नै मृगौला रोगको प्रकोप बढिरहेको भन्दै उहाँले रोगको पहिचान तथा उपचार र रोकथामका महìवपूर्ण उपायबारे नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिए।

डा. श्रेष्ठका अनुसार नेपालमा बर्सेनि करिब तीन हजार जनाको मृगौला फेल हुने गरेको छ । उनीहरूमध्ये धेरैको मृगौला प्रत्यारोपण हुन नसकेर मृत्यु हुने गर्दछ । गत १० वर्षको अवधिमा एक हजारको प्रत्यारोपण गरिएकोमा ९९ प्रतिशत सफलता मिलेको छ । प्रत्यारोपण क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकको सातवटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्न सकिने उनको भनाइ छ ।

सो प्रत्यारोपण केन्द्रमा २०६९ माघ ६ गते पहिलो पटक मृगौला प्रत्यारोपण भएको थियो । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सुरुमा प्रत्यारोपण गराउन बिरामी पाउनै मुस्किल रहेकोमा हाल तीन सय जना बिरामी प्रत्यारोपणको पालो पर्खाइमा रहेको जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक १० जनामध्ये एक जनालाई कुनै न कुनै किसिमको मृगौला रोग लाग्ने गरेको अनुमान छ ।

Published Date: 13 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय