इनास अपी स्र्पोट्स जुनियर ब्याडमिन्टन सुरु

इनास अपी स्र्पोट्स जुनियर ब्याडमिन्टन सुरु : Icon Khabar

काठमाडौँ, पुष २८ । नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्ट च्याम्पियनसिप आजबाट राजधानीमा सुरु भएको छ ।
बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा भएको च्याम्पियनसिपको प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमविच उद्घाटन गरे ।

च्याम्पियनसिपको उद्घाटन गर्दै प्रमुख अतिथी तिम्सिनाले आजका जुनियर खेलाडीहरुनै भोली अन्तराष्ट्रिय खेल क्षेत्रमा राष्ट्रको झण्डा बोकेर राष्ट्रको प्रतिष्ठालाई उच्च राख्ने खेलाडी बन्नेमा आफु बिश्वस्त रहेको बताए । उनले राज्यका निकायहरुले ध्यान दिनुपर्ने क्षेत्रलाई निजी क्षेत्रले लगानी गरेर अगाडी बढाएकोमा आयोजक र प्रायोजकहरुलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा यसले उपलब्धि प्राप्त गर्ने बताए ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जुनियर प्रतियोगिता आयोजना गर्न पहल गरेकोमा इनास ईन्टरप्राईजेजका प्रोपाईटर राजु बास्तोला र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीका अध्यक्ष कमलेश निरौलालाई धन्यवाद प्रदान गरे । लामो समयदेखि ब्याडमिन्टन प्रतियोगितामा योनेक्स सनराईज मार्फत प्रायोजन तथा खेलाडीहरुलाई सहयोग पु¥याउँदै आएको इनासले ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्धेश्यले अन्तराष्ट्रिय स्तरमा आयोजना हुने जुनियर प्रतियोगितालाई महत्वमा राख्दै च्याम्पियनसिप आयोजना गर्न लागिएको प्रोपाईटर राजु बास्तोलाले बताए ।

 

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा एनआरइएसको सह–प्रायोजन रहेको च्याम्पियनसिप पौष २८ देखि ३० गते सम्म बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा आयोजना हुने छ । च्याम्पियनसिपमा करिव १५० खेलाडीहरुको सहभागिता रहने आयोजक अपिका अध्यक्ष कमलेश निरौलाले बताए ।

च्याम्पियनसिपमा विजयी हुने खेलाडीहरुले मेडल, ट्रफी प्रमाणपत्रका साथ यु– १५ तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने छन् । क्वाटरफाईनलिष्टले २ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै यु– १३ तर्फ प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, क्वाटरफाईनलिष्टले २ हजार र प्रिक्वाटरफाईनलिष्टले १ हजार २ सय प्राप्त गर्ने छन् । यु–११ तर्फ प्रथमले ४ हजार, द्वितीयले २ हजार, तृतीयले २ हजार, क्वाटरफाईनलिष्टले १ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी गराएका छन् ।

Published Date: 12 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न