बुधबार नेप्से परिसूचक ५.१६ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ५.१६ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असोज २४ । बुधबार नेप्से परिसूचक ५.१६ अंक बढेर १८९४.७६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २८६ स्टकको ५५ हजार १९७ पटको कारोबारमा १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज माण्डु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज एनआईसी एशियाको साढे ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नबिल बैंक र हाथवे इन्भेष्टमेन्टको ३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत बढेको छ। त्यस्तै, आज म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 October 2023
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी