रेखा थापाको नयाँ फिल्म ‘उपहार’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने

रेखा थापाको नयाँ फिल्म ‘उपहार’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौँ, असोज २४ । रेखा थापाको फिल्म ‘उपहार’ कोे नयाँ प्रदर्शन मिती तय भएको छ । निर्माता र वितरकको योजना अनुरुप ज्ञानेन्द्र देऊजा निर्देशित उपहार माघ २६ गतेबाट प्रदर्शनमा आउनेछ ।

छायाँकनको अन्तिम चरणमा रहेको ‘उपहार’को दशैं लगत्तै गीत रिलिज गर्ने निर्माण युनिटको योजना छ । फिल्ममा अर्जुन पोखरेल र बबुल गिरीले संगीत सृजना गरेका छन् । विष्णु कल्पितको छायाँकन रहेको फिल्मका गीतहरुमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । फिल्मको कथावस्तु र गीत संगीतले दर्शकको मन छुनेमा निर्माण टिमको ढुक्क छ । फिल्मको द्धन्द्ध निर्देशन रोशन श्रेष्ठले गरेका छन् ।

फिल्म ‘उपहार’मा रेखा थापा, बेनिशा हमाल र पूजा शर्माको मुख्य भूमिका छ । साथमा शिशिर राणा, मुकुन भूषाल, तेज गिरी, सर्मपण थापा लगायत अन्य कलाकारहरुको अभिनय छ ।

Published Date: 11 October 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता