रेखा थापाको नयाँ फिल्म ‘उपहार’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने

रेखा थापाको नयाँ फिल्म ‘उपहार’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौँ, असोज २४ । रेखा थापाको फिल्म ‘उपहार’ कोे नयाँ प्रदर्शन मिती तय भएको छ । निर्माता र वितरकको योजना अनुरुप ज्ञानेन्द्र देऊजा निर्देशित उपहार माघ २६ गतेबाट प्रदर्शनमा आउनेछ ।

छायाँकनको अन्तिम चरणमा रहेको ‘उपहार’को दशैं लगत्तै गीत रिलिज गर्ने निर्माण युनिटको योजना छ । फिल्ममा अर्जुन पोखरेल र बबुल गिरीले संगीत सृजना गरेका छन् । विष्णु कल्पितको छायाँकन रहेको फिल्मका गीतहरुमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । फिल्मको कथावस्तु र गीत संगीतले दर्शकको मन छुनेमा निर्माण टिमको ढुक्क छ । फिल्मको द्धन्द्ध निर्देशन रोशन श्रेष्ठले गरेका छन् ।

फिल्म ‘उपहार’मा रेखा थापा, बेनिशा हमाल र पूजा शर्माको मुख्य भूमिका छ । साथमा शिशिर राणा, मुकुन भूषाल, तेज गिरी, सर्मपण थापा लगायत अन्य कलाकारहरुको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 October 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न