आज राति नेपाल एरलाइन्सको जहाज इजरायल जाँदै, इजरायलमा रहेका नेपालीहरुलाई ल्याउने

आज राति नेपाल एरलाइन्सको जहाज इजरायल जाँदै, इजरायलमा रहेका नेपालीहरुलाई ल्याउने : Icon Khabar

काठमाडौँ, असोज २४ । इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन बुधबार राती नेपाल वायुसेवा निगमको वाइडबडी जहाज तेलअविव जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको हो ।

काठमाडौं-दुबई-तेलअभिभ फ्लाईट साढे ११ बजे हुनेछ । २७८ सिट क्षमताको जहाजमा करिब साढे २ सय जना हाराहारी यात्रु काठमाडौं ल्याइने छ । त्यहाँ करिब ३ सय नेपालीले स्वेदश फर्किन अनलाईन आवेदन भरेका छन् ।

‘नेपाल सरकारको निर्देशनअनुसार हामी दुबईको उडानलाई इजरायलतर्फ लैजाने प्रक्रियामा छौं’ नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले भने,’इजरायलबाट उद्धार गरिएका नेपाली राखेर दुबई हुँदै नेपाल ल्याइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 October 2023
Website | + posts