आज राति नेपाल एरलाइन्सको जहाज इजरायल जाँदै, इजरायलमा रहेका नेपालीहरुलाई ल्याउने

आज राति नेपाल एरलाइन्सको जहाज इजरायल जाँदै, इजरायलमा रहेका नेपालीहरुलाई ल्याउने : Icon Khabar

काठमाडौँ, असोज २४ । इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन बुधबार राती नेपाल वायुसेवा निगमको वाइडबडी जहाज तेलअविव जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको हो ।

काठमाडौं-दुबई-तेलअभिभ फ्लाईट साढे ११ बजे हुनेछ । २७८ सिट क्षमताको जहाजमा करिब साढे २ सय जना हाराहारी यात्रु काठमाडौं ल्याइने छ । त्यहाँ करिब ३ सय नेपालीले स्वेदश फर्किन अनलाईन आवेदन भरेका छन् ।

‘नेपाल सरकारको निर्देशनअनुसार हामी दुबईको उडानलाई इजरायलतर्फ लैजाने प्रक्रियामा छौं’ नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले भने,’इजरायलबाट उद्धार गरिएका नेपाली राखेर दुबई हुँदै नेपाल ल्याइनेछ ।’

Published Date: 11 October 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता