नेपालले बिश्व भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

नेपालले बिश्व भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने : Icon Khabar

काठमाडौं, पुष २८ । नेपाली टेबलटेनिस टोलीले ओमानको राजधानी मस्कटमा आयोजना हुने बिश्व भेट्रान च्याम्पियनसिप मस्कट २०२३ मा प्रतिस्पर्धा गर्ने भएको छ ।

जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीहरु संजय अर्याल, प्रकाश बहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशी र प्रशिक्षकमा अनिता महर्जन त्यस तर्फ जाने कार्यक्रम रहेको भेट्रान खेलाडी तथा प्रशिक्षक राजेन्द्र दुलालले जानकारी गराए ।

भेट्रान टोलीलाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी. ओलीले एक कार्यक्रमविच विदाई गरे । टोली आईतबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Published Date: 12 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय