आफुलाई परेको चिन्ता नजिकको साथीलाई सुनाउनुहोस

कसैले आफ्नो मनको ब्यथा पोख्दा समय दिएर सुनिदिनुहोस

आफुलाई परेको चिन्ता नजिकको साथीलाई सुनाउनुहोस : Icon Khabar

काठमाडौँ, असोज २३ । पीरचिन्ता कोसँग हुँदैन ? कतिबेला चिन्ताको बाढीले सताउँछ भन्ने विषयमा कुनै पूर्व जानकारी पनि हुदैन। काम, कार्यलय वा घरकै काम गर्दागर्दै कुनै दःखद खबर सुन्नु भयो भने चिन्ता बढ्न सक्छ। चिन्ता बढ्दा मुटुको धड्कन बढ्छ, पसिना खलखली आउँछ र मन अशान्त हुन्छ।

-चिन्ता बढेपछि १५ मिनेट जति बिस्तारै हिड्नुहोस्। आफै चिया बनाएर पिउनुहोस् वा नुहाउनुहोस्। जव तपाईं शारिरिक रुपमा शान्त हुनुहुन्छ अनि मात्र काम सुरु गर्नुहोस्।

-त्रास र चिन्ता बढिरह्यो भने पनि मनमा अनावश्यक प्रतिक्रिया नजनाउनुहोस्। जहाँ बस्नुभएको छ, त्यही शान्त भएर श्वास प्रश्वास लिनुहोस्।
हत्केलाालई पेटमाथि राख्नुहोस् र केही सकेन्ड बिस्तारै र गहिरो श्वास लिनुहोस् (एक मिनेटमा १२ पटक भन्दा बढी श्वास नलिनुहोस्)। आधा घन्टा यस्तै गर्नुभयो भने तपार्इँको चिन्ता भाग्छ।

-खराब कुरालाई पनि स्वागत गर्नुहोस्। सबै कुरा तपाईंले सोचे जस्तो हुँदैन। किनकी जीवनमा घट्ने घटनाहरु परिवर्तन भइरहन्छन्। कुनै पनि कुरा लामो समय सम्म टिक्दैन र सबै क्षणिक हुन भन्ने मनन गर्नुहोस्। हरेक कुरालाई सकरात्मक रुपमा लिनुहोस्। सकरात्मक सोचाइले मात्र पनि तपाईँका अधिकांश चिन्ता अन्त्य हुन्छन्।

-हरेक कुरामा पूर्णता नखोज्नुहोस्। उदाहरणको लागि तपाईं कुनै पेसामा मानौँ चिकित्सक हुनुहुन्छ। तपाईले ‘यदि म संसारमा सबैभन्दा राम्रो चिकित्सक भइनँ भने जीवनमा बर्बाद हुन्छु’ भन्ने सोच छ भने अहिल्यै त्याग्नुहोस्। यसको अर्थ यो होइन कि तपाईँले केही नगर्नुहोस्। परिश्रम गर्नुहोस् तर परिणामको धेरै आशा नगर्नुहोस्। बढी महत्वाकांक्षी नहुनुहोस्। जीवनलाई सरल रुपमा लिनुहोस्। जीवन दुःख र सुःखको समिश्रण भएकोले जीवनमा पूर्णता खोज्नु असम्भव छ। खराब समय आइरहन्छ। यसलाई पनि स्वागत गर्न सिक्नुहोस्।

-साह्रै चिन्ता बढेमा आँखा बन्द गर्नुहोस र सुरक्षित र शान्त ठाउँको कल्पना गर्नुहोस। समुन्द्रको किनारमा वा पाल्तु जनावरसँग खेलेको वा बाल्यकालको खुसीको क्षणको परिकल्पना गर्नुहोस्। अतितको खुसीमा रमाउन सिक्नुहोस्। अतितका रमाइला घटनाले पनि तपाईंलाई शान्त र खुसी बनाउँछ।

-आफूलाई परेको चिन्ता अरुलाई पनि सुनाउनुहोस्। आफ्नो नजिकको पार्टनर, साथी वा परिवारका सदस्यहरुलाई पनि दुःख बाँड्नुहोस। ‘सुःख बाँडे धेरै दुःख बाँडे थोरै भन्ने पश्चिमेली भनाईलाई पनि पालना गर्नुहोस्। यदि यसबाट पनि सम्भव भएन स्वास्थ्यकर्मी वा मनोचिकत्सकहरुले आयोजना गरेको काउन्सिलिङमा सहभागी हुनुहोस्।

-राम्रो निन्द्रा, भोजन तथा व्यायामले पनि चिन्तालाई निको पार्छ। निदाउने समयमा चिन्ताले सताएमा बल गरेर निदाउने प्रयास नगर्नुहोस्। बेडबाट उठेर मनतातो पानी खानुहोस्। कतिपय मानिस मस्त निदाउनकै लागि सुत्ने समयमा मदिरा वा त्यस्तै औषधि खाने गर्छन्। तर, यसले स्वास्थ्मा नकरात्मक असर पार्छ। चिकित्सकको सल्लाहअनुसार मात्र निद्रा लाग्ने औषधि खानुहोस्।

Published Date: 10 October 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग