यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने

यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने : Icon Khabar

भक्तपुर, असोज २२ । भक्तपुर नगरपालिकामा आयोजित बैठकले यस वर्षको तिहार (स्वन्ती) पर्वको मिति तय गरेको छ। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको बैठकले तलेजुका पुजारी र ज्योतिषविद्हरूको सल्लाह अनुसार तिहारको कार्यक्रम तालिका तय गरेको हो।

बैठकमा उपस्थित तलेजुका पुजारीहरू र ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ तथा केदारप्रसाद दैवज्ञ जोशीका अनुसार २०८२ साल कार्तिक २ गते आइतबार काग तिहार, कार्तिक ३ गते सोमबार विहान कुकुर तिहार र दिउँसो ३ः०० बजेपछि औंशी तिथि लाग्ने भएकाले साँझ लक्ष्मी पूजा गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, कार्तिक ४ गते मंगलबार दिउँसो ४ः२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हा पूजा, र कार्तिक ५ गते साँझ ६ः२० बजेपछि द्वितीया तिथि लाग्ने भएकाले किजा पूजा (भाइ टीका) मनाइने निर्णय भएको छ।

बैठकमा नगर उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, वडा सदस्य कृष्णप्यारी जधारी, तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्ञानेन्द्रकृष्ण जोशी र प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति रहेको थियो।

Published Date: 08 October 2025
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय