भक्तपुर, असोज २२ । भक्तपुर नगरपालिकामा आयोजित बैठकले यस वर्षको तिहार (स्वन्ती) पर्वको मिति तय गरेको छ। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको बैठकले तलेजुका पुजारी र ज्योतिषविद्हरूको सल्लाह अनुसार तिहारको कार्यक्रम तालिका तय गरेको हो।
बैठकमा उपस्थित तलेजुका पुजारीहरू र ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ तथा केदारप्रसाद दैवज्ञ जोशीका अनुसार २०८२ साल कार्तिक २ गते आइतबार काग तिहार, कार्तिक ३ गते सोमबार विहान कुकुर तिहार र दिउँसो ३ः०० बजेपछि औंशी तिथि लाग्ने भएकाले साँझ लक्ष्मी पूजा गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, कार्तिक ४ गते मंगलबार दिउँसो ४ः२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हा पूजा, र कार्तिक ५ गते साँझ ६ः२० बजेपछि द्वितीया तिथि लाग्ने भएकाले किजा पूजा (भाइ टीका) मनाइने निर्णय भएको छ।
बैठकमा नगर उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, वडा सदस्य कृष्णप्यारी जधारी, तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेश कर्माचार्य, पद्मलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्ञानेन्द्रकृष्ण जोशी र प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति रहेको थियो।
Published Date: 08 October 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news