तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण

तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण : Icon Khabar
तस्बिर: न्यू विजनेस एज

काठमाडौँ, कार्तिक १४ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ बराबर रहेको सरकारी ऋण असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

हाल तिर्न बाँकी सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४.६१ प्रतिशत बराबर हुन आउँछ । कूल सार्वजनिक ऋणमा असोज मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड रुपैयाँ र आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब सात करोड रुपैयाँ छ । सरकारले चालु आर्थिक वर्षका लागि पाँच खर्ब ९५ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा पहिलो त्रैमासमा एक खर्ब ८४ करोड रुपैयाँ ऋण प्राप्ति भइसकेको कार्यालयले जनाएको छ ।

जुन वार्षिक लक्ष्यको तुलनामा १६.९३ प्रतिशत बराबर हो । आन्तरिकतर्फ तीन खर्ब ६२ अर्ब रुपैयाँ ऋण उठाउने सरकारी लक्ष्य रहेकोमा असोज मसान्तसम्ममा ९० अर्ब अर्थात् वार्षिक लक्ष्यको २४.८६ प्रतिशत ऋण उठिसकेको छ । त्यस्तै, बाह्यतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ बराबर ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको ४.६५ प्रतिशत अर्थात् एक अर्ब ८४ करोड रुपैयाँ बराबर मात्रै उठ्न सकेको छ ।

सरकारी ऋणको साँवा ब्याज तिर्न सरकारले यस वर्ष चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ बराबर बजेट छुट्याएको छ । जसमध्ये असोज मसान्तसम्म एक खर्ब नौ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा २६.७४ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा असोज मसान्तसम्ममा कूल ऋण सेवा खर्च १.८० प्रतिशत रहेको छ ।

Published Date: 31 October 2025




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न