शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो

शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १४ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज बढेको छ । स्थानिय बजारमा आज सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढेको छ ।

यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य स्थिर रहँदै प्रतितोला २ लाख ३६ हजार ३ सय कायम भएको थियो ।

आज चाँदीको भाउ समेत बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ८० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 October 2025
Website | + posts