चिसो अझै बढ्ने, भारी हिमपातको जोखिम

चिसो अझै बढ्ने, भारी हिमपातको जोखिम : Icon Khabar

काठमाडौँ, कार्तिक १२ । बंगालको खाडीमा बनेको चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशमा कमजोर भएर नेपालतर्फ सर्दैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (कात्तिक १२) रातिदेखि लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशमा यसको प्रभाव पर्नेछ, जुन कात्तिक १५ बिहानसम्म कायम रहनेछ ।

मुख्य जोखिम :
कोसी, बागमती, गण्डकीका उच्च पहाड/हिमालमा धेरै स्थानमा मध्यम हिमपात, एक-दुई ठाउँमा भारी हिमपात ।
कोसी, मधेस, बागमतीका थोरै ठाउँमा भारी वर्षा ।
कर्णालीका केही र बाँकी पहाड/हिमालका एक-दुई ठाउँमा मध्यम हिमपात ।
प्रभावित क्षेत्र : जनजीवन, पर्वतारोहण, कृषि र पर्यटनमा असर पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाको आग्रह ।

३ दिनको छोटो पूर्वानुमान :

बुधबार (१२) : देशभर बदली, पहाड/हिमालमा हल्का-मध्यम वर्षा/हिमपात ।
बिहीबार (१३) : ५ प्रदेशमा धेरै ठाउँमा मध्यम वर्षा, उच्च हिमालमा भारी हिमपातको जोखिम ।
शुक्रबार (१४) : वर्षा/हिमपात कायम, कोसी-बागमतीमा भारी वर्षा/हिमपात सम्भावना ।

Published Date: 29 October 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी