चिसो अझै बढ्ने, भारी हिमपातको जोखिम

चिसो अझै बढ्ने, भारी हिमपातको जोखिम : Icon Khabar

काठमाडौँ, कार्तिक १२ । बंगालको खाडीमा बनेको चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशमा कमजोर भएर नेपालतर्फ सर्दैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (कात्तिक १२) रातिदेखि लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशमा यसको प्रभाव पर्नेछ, जुन कात्तिक १५ बिहानसम्म कायम रहनेछ ।

मुख्य जोखिम :
कोसी, बागमती, गण्डकीका उच्च पहाड/हिमालमा धेरै स्थानमा मध्यम हिमपात, एक-दुई ठाउँमा भारी हिमपात ।
कोसी, मधेस, बागमतीका थोरै ठाउँमा भारी वर्षा ।
कर्णालीका केही र बाँकी पहाड/हिमालका एक-दुई ठाउँमा मध्यम हिमपात ।
प्रभावित क्षेत्र : जनजीवन, पर्वतारोहण, कृषि र पर्यटनमा असर पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाको आग्रह ।

३ दिनको छोटो पूर्वानुमान :

बुधबार (१२) : देशभर बदली, पहाड/हिमालमा हल्का-मध्यम वर्षा/हिमपात ।
बिहीबार (१३) : ५ प्रदेशमा धेरै ठाउँमा मध्यम वर्षा, उच्च हिमालमा भारी हिमपातको जोखिम ।
शुक्रबार (१४) : वर्षा/हिमपात कायम, कोसी-बागमतीमा भारी वर्षा/हिमपात सम्भावना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 October 2025
Website | + posts




ताजा
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने
चिसो अझै बढ्ने, भारी हिमपातको जोखिम


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने