भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?

भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन? : Icon Khabar
तस्बिर: भक्तपुर नगरपालिका

भक्तपुर, असोज २२ । भक्तपुर नगरपालिकाले यस वर्ष (२०८२ साल) तिहार पर्व मनाउने मितिमा परिवर्तन गरेको छ। बैशाख महिनामा सार्वजनिक गरिएको शैक्षिक पात्रोअनुसार लक्ष्मी पूजा कात्तिक ३ गते, म्हःपूजा कात्तिक ५ गते र किजा पूजा कात्तिक ६ गते मनाइने उल्लेख गरिएको थियो। तर आज नगरपालिकामा बसेको बैठकले नयाँ निर्णय गर्दै लक्ष्मी पूजा कात्तिक ३ गते, म्हःपूजा कात्तिक ४ गते र किजा पूजा कात्तिक ५ गते मनाइने निर्णय गरेको छ।

भक्तपुर नगरपालिका, तलेजु मन्दिरका पुजारी र स्थानीय ज्योतिषबीचको छलफलपछि यो निर्णय गरिएको हो। तर, प्रारम्भिक शैक्षिक पात्रोमा फरक मिति उल्लेख हुनु र अहिले आएर मिति परिवर्तन गरिनुले स्थानीयवासीबीच अन्योल सिर्जना गरेको छ।

नगरपालिका, तलेजु मन्दिरका पुजारी र स्थानीय ज्योतिषबीचको छलफलपछि यो निर्णय गरिएको भए पनि, पात्रोमा उल्लेख भएको मितिभन्दा फरक निर्णय आएपछि स्थानीयहरू सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइरहेका छन्। कतिपयले नगरपालिकाको निर्णयप्रति प्रश्न उठाउँदै लेखेका छन् — “शैक्षिक पात्रोमा उल्लेख भएको मिति परिवर्तन किन गरियो?”

स्थानीयले सामाजिक संजालमा प्रश्न उठाएका छन् — “यदि पात्रो तयार पार्दा नै ज्योतिषीय गणना गरी निश्चित मिति तोकिएको भए अहिले यस्तो भ्रमको स्थिति सिर्जना हुने थिएन।” उनीहरूको भनाइमा, यस किसिमको दोहोरो निर्णयले भक्तपुरवासीको धार्मिक अनुष्ठानमा प्रभाव पर्न सक्छ र उत्सव मनाउने तयारीमा पनि समस्या ल्याउन सक्छ।

स्थानीयले धार्मिक तथा सांस्कृतिक दृष्टिले यस्ता विषयमा एकैपटक ठोस निर्णय किन गर्न आग्रह पनि गरे।

Published Date: 08 October 2025
ताजा
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज बिहीबारको राशिफल
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय