भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ

भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ : Icon Khabar

भक्तपुर, कात्तिक ४ । भक्तपुरमा पैसाको हारजित हुने गरी जुवा (कौडा) खेलिरहेको अवस्थामा २७ जना व्यक्तिहरू प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका–४ बुल्चास्थित जुवा खेलिँदै गरेको विशेष सूचनाका आधारमा बुधबार राति करिब १२:१५ बजे प्रहरी टोलीले छापा मारेको थियो।

छापामारीका क्रममा २७ जना व्यक्तिलाई पक्राउ गरिएको र उनीहरूको साथबाट १६ वटा कौडा र नगद रु. ९ लाख २३ हजार ९६० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि जिल्ला प्रहरी परिसर भक्तपुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
11
+1
0
+1
2
+1
2
+1
3
Published Date: 22 October 2025
Website | + posts
ताजा
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
योमारी पुन्हीको अवसरमा भक्तपुरमा ‘योमारी पुन्ही म्युजिक फेस्टिभल–२०८२’ सम्पन्न
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान, अहिले अपरान्ह ४ बजे बालुवाटारमा बस्ने
‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने
ट्रेन्डिङ
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता
आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घट्यो
प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र ‘एक जीवन: तीन मिसन’ सार्वजनिक