भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ

भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ : Icon Khabar

भक्तपुर, कात्तिक ४ । भक्तपुरमा पैसाको हारजित हुने गरी जुवा (कौडा) खेलिरहेको अवस्थामा २७ जना व्यक्तिहरू प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका–४ बुल्चास्थित जुवा खेलिँदै गरेको विशेष सूचनाका आधारमा बुधबार राति करिब १२:१५ बजे प्रहरी टोलीले छापा मारेको थियो।

छापामारीका क्रममा २७ जना व्यक्तिलाई पक्राउ गरिएको र उनीहरूको साथबाट १६ वटा कौडा र नगद रु. ९ लाख २३ हजार ९६० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि जिल्ला प्रहरी परिसर भक्तपुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

Published Date: 22 October 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु