काठमाडौं, कार्तिक १३ । जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड तथा लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले आन्दोलनकै क्रममा राष्ट्रपति कार्यालयमा तोडफोड र आगजनी गर्नुका साथै त्यहाँका सरसामान चोरी गरेको आरोप छ।
उनीहरूविरुद्ध चोरी तथा आपराधिक उपद्रवको मुद्दा दायर गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट राष्ट्रपति कार्यालयमा प्रयोग भइरहेका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद गरिएको समेत प्रहरीले जानकारी दिएको छ।
Published Date: 31 October 2025- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
 
 
 
 
 
 
 
 
 
 
 
 

 
								
						 
  
			 
                

