काठमाडौँ महानगरबासीलाई निःशुल्क रक्त सेवा उपलब्ध हुन्छ: मेयर बालेन

काठमाडौँ महानगरबासीलाई निःशुल्क रक्त सेवा उपलब्ध हुन्छ: मेयर बालेन : Icon Khabar

काठमाडौँ, असोज २३ । काठमाडौं महानगरपालिकाले काठमाडाैं बासीलाई निःशुल्क रक्त सेवा उपलब्ध गराउने भएकाे छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह “बालेन”ले आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि नगरवासिले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यका साथ निःशुल्क रक्त सेवा उपलब्ध गराउने बताएका हुन् ।

नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा महानगरले काठमाडौ महानगरवासिले जुनसुकै अस्पतालमा उपचारत गराउँदा निःशुल्क रुपमा रगत र रक्ततत्व उपलब्ध गराउने व्यवस्था गरेकाे मेयर बालेनले जानकारी दिएका छन् ।

काठमाडौ महानगरवासी भएको प्रमाण खुल्ने नागरिकता वा वसाईसराई वा घर जग्गा कर तिरेको कागजात लिई नेपाल रेडक्रस सोसाईटी,केन्द्रीय कार्यालयमा सम्पर्क गरेपछि निशुल्क रुपमा रगत तथा रक्ततत्व उपलब्ध गराइने भएकाे छ।

राजधानीमा हुने रगत अभावलाई न्युनिकरण गर्न महानगरपालिकाले आफ्नो स्वास्थ्य प्रवद्धर्न केन्द्रहरुमा नियमित रक्तदान कार्यक्रमहरु सञ्चालन गर्ने तथा रक्तदान कार्यक्रमलाई प्रोसाहित गर्न सामाजिक तथा गैरसरकारी संघ संस्थाले रक्तदान शिविर संचालन गरेमा त्यस निकायलाई प्रति युनिट २०० रूपैयाँ सञ्चार तथा यातायात खर्चको लागि रकम उपलब्ध गराउनेछ ।

महानगरले नेपाल रेडक्रस सोसाइटीलाई रक्त सञ्चार सेवा विना झन्झट जुनसुकै समयमा बिरामीलाई रगत उपलब्ध गराउने र रगत परीक्षण ग्रुपिङ्ग तथा क्रस म्याचिङ लगायतका कार्यका लागि महानगरले प्रति युनिट १३०० रूपैयाँ उपलब्ध गराउने भएकाे छ ।

यसका साथै अति विपन्न नेपाल भरिका जुनसुकै नागरिकलाई समेत प्रकोप वा आकस्मिक अवस्थामा रगत उपलब्ध गराउने र सो समेतको खर्च काठमाडौ महानगरपालिकाले व्यहोर्ने गरी व्यवस्था मिलाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 October 2023
Website | + posts