बुधबार पनि सुनको भाउ घट्यो

बुधबार पनि सुनको भाउ घट्यो : Icon Khabar

काठमाडौँ, कार्तिक १२ । तेह्र दिनअघि अलटाईम हाईको रेकर्ड बनाएको सुनको मूल्य यो अवधिमा ८.४१ प्रतिशतले घटेको छ ।
असोज ३१ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँको अलटाईम हाईको विन्दूमा पुगेको थियो । सो दिन १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १९५ रुपैयाँ तोकिएको थियो ।

बुधबार(कात्तिक १२ गते) भने सुनको मूल्य घटेर प्रतितोला २ लाख ३६ हजार ३०० तथा प्रति १० ग्राम २ लाख २ हजार ५९० रुपैयाँमा सीमित बन्न पुगेको हो । यसरी १३ दिनअघि सुनमा लगानी गर्नेले छोटो अवधिमै ८.४१ प्रतिशत सम्पत्ति गुमाएका छन्।

मंगलबार मात्र सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार तथा प्रति १० ग्राम २ लाख ३ हजार १९० कायम भएको थियो । अघिल्लो दिनको तुलनामा सुन प्रतितोलामा ७०० रुपैयाँले मूल्य घटेको छ ।

यो १३ दिनको अवधिमा सुनमा भन्दा चाँदीमा लगानी गर्नेहरुले धेरै गुमाएका छन् । असोज ३१ गते चाँदीको मूल्य प्रतितोला ३ हजार ३५० रुपैयाँको अलटाईम हाईमा पुगेको थियो । आज(बुधबार)सम्म आइपुग्दा चाँदीको मूल्य घटेर प्रतितोला २ हजार ९६५ कायम भएको छ । यसरी चाँदीमा लगानीकर्ताले १३ दिनको अवधिमा ११.४९ प्रतिशतले सम्पत्ति गुमाएका छन् ।

Published Date: 29 October 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी